कोरोना कहरका बीच विवाह, भोलिपल्टै बेहुलाको मृत्यु, सहभागी भएका सय भन्दा बढीमा संक्रमण !

एजेन्सी – कोरोना भाइरस संक्रमण महामारीका बाबजुत सामाजिक दूरी कायम नगर्द के सम्म हुन्छ भन्ने कुरा भारतको एक घटनाके देखाएको छ। सामाजिक दूरी नअपनाई गरिएको विवाहका कारण भारतको बिहारमा सय जना भन्दा बढीमा कोरोना संक्रमण भएको छ।

भारतीय संचार माध्यमहरुका अनुसार एक विवाहमा सहभागी भएका १ सय ११ व्यक्तिमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ। गत जून १५ मा सम्पन्न भएको विवाहमा सहभागी भएका ३ सय ५० मध्ये १ सय ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

बताइएअनुसार, गत जुन महिनाको १५ तारिखमा एक इन्जिनियर युवाको विवाह तय भएको थियो। विवाह अगाडी नै बेहुलाको स्वास्थ्यमा समस्या देखियो। उनको पटना अस्पतालमा डाइरियाको उपचार पनि गरिएको थियो।

बिरामी भएपनि उनको विवाह पहिला तोकिएकै मितिमा गरियो। त्यसबखत कोरोना बारे कसैले पनि ध्यान दिएन। बिरामी भएका युवकको कोरोना परीक्षण पनि गरिएको थियो। विवाह भएको भोलिपल्टै उनको मृत्यु भयो। उनको कोरोना परीक्षण नगरी अत्येष्टि गरियो।

केहि दिनपश्चात विवाहमा सहभागी भएका केहि व्यक्तिहरु बिरामी पर्न थाले। जसपश्चात उनीहरुले कोरोना परीक्षण गराए। परीक्षणबाट १ सय ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भयो।

प्रकाशित : बुधबार, असार १७, २०७७१०:१९

आज ४ सय ८२ जनामा कोरोनाको पुष्टि !