शिव तथा रुद्राक्ष एक-अर्कोको पर्याय मानिन्छ । शिव साक्षात् रुद्राक्षमा वास गर्नुहुन्छ । जनसाधारण रुद्राक्षको महत्वको बारेमा सबैलाई ज्ञात नहुनसक्छ । रुद्राक्ष एकमुखी देखी चौध मुखीसम्म पाइन्छ । रुद्राक्ष मालाबाट जप गर्नाले तथा धारण गर्नाले करोडौं पुण्यको प्राप्ति हुने मान्यता रहेको छ । प्रत्येक रुद्राक्षको कुनै न कुनै अधिष्ठाता ग्रह तथा देवता हुने गर्दछन् । यिनीहरुलाई धारण गरेर अलग-अलग लाभ प्राप्त गर्न सकिनेछ ।
१) एकमुखी रुद्राक्ष :
यसलाई साक्षात शिव मानिएको छ । पापको नाश, भय तथा चिन्ताबाट मुक्ति, लक्ष्मी प्राप्ति धारणकर्ताको स्वमेव नै प्राप्त हुने गर्दछ। यसको ग्रह सूर्य हो । धारणकर्तालाई शिवजीको साथ सूर्य देवताको पनि आशीर्वाद प्राप्त हुनेछ ।
२) दुई मुखी रुद्राक्ष :
यो हरेक गौरी यानी अर्द्धनारीश्वरको रूप हो । यसको ग्रह चन्द्रमा हो । यसलाई धारण गर्नाले जन्म-जन्मान्तरको पाप नाश हुनेछ । यसलाई धारण गर्नाले एकाग्रता र शान्ति प्राप्त हुने गर्दछ । वशीकरणको शक्ति प्राप्त हुने गर्दछ । स्त्री रोग, आखाको खराबी, किड्नीको समस्या हटेर जानेछ ।
३) तीनमुखी रुद्राक्ष :
यो रुद्राक्ष ब्रह्म स्वरूप हो तथा यसको देवता मंगल हो । यसलाई धारण गर्नाले वास्तुदोष, आत्मविश्वासमा वृद्धि र ज्ञान प्राप्त हुनेगर्दछ । संक्रामक रोग, स्त्री रोग आदिमा लाभ हुने गर्दछ ।
४) चारमुखी रुद्राक्ष :
यसको देव ब्रह्मा तथा ग्रह बुध देवता हो। यसलाई धारण गर्नाले सम्मोहको शक्ति आउनेछ । नाक, कान वा घाटीको रोग, कोढ़, लकवा, दम आदि रोगमा लाभ दिनेछ ।
५) पन्चमुखी रुद्राक्ष :
यसको देवता रुद्र तथा ग्रह बृहस्पति हुन्। यसलाई धारण गर्नाले कीर्ति, वैभव तथा समपन्नतामा वृद्धि हुनेछ। किड्नीको रोग, डायबिटीज, मोटापन, पोलिया आदिमा लाभ हुनेछ ।
६) छ मुखी रुद्राक्ष :
यसको अधिष्ठाता देवता गणेश एवम् कार्तिकेय हुन । ग्रह देवता शुक्र हो। नपुंसकता, पत्थरी, किड्नी तथा मूत्र रोग आदिको लागी धारण गर्न सक्नुहुनेछ ।
७) सातमुखी रुद्राक्ष :
यसमा सप्त नाग निवास गर्दछन् । सप्त ऋषि तथा अनंग देवता अधिष्ठाता हुन्। यसको ग्रह शनि महाराज हुन्। शारीरिक दुर्बलता, छाला रोग, हड्डी रोग, क्यान्सर, कमजोरी आदिको लागी सातमुखी रुद्राक्ष धारण गर्ने गरिन्छ ।
८) आठमुखी रुद्राक्ष :
यो कार्तिकेय गणेश, अष्टमातृका, अष्ट बसु हो । यसको ग्रह राहु हो । अशांन्ति , सर्पभय, छाला, गुप्त रोग आदिमा धारण गर्ने गरिन्छ ।
९) नौमुखी रुद्राक्ष :
नौ दुर्गा तथा भैरव यसको देवता हुन् भने ग्रह केतु हो । यो फोक्सो , ज्वरो, पेट दुखाइ, बच्चाको लागि, संक्रामक रोगमा शान्तिको लागी धारण गरिने गरिन्छ ।
१) दसमुखी रुद्राक्ष :
भगवान विष्णु, १० दिक्पाल तथा दश महाविद्याको देवता हुन्। सबै ग्रह देवता हुन्। यसलाई धारण गर्नाले नवग्रह शान्ति तथा कफ र हृदय रोग सम्बन्धि लाभ हुनेछ ।
११ एघारमुखी रुद्राक्ष :
११) रुद्र यसको देवता हुन् । सबै ग्रह प्रसन्न हुने गर्दछन् यदि एघारमुखी रुद्राक्ष धारण गरियो भने स्त्री रोग, स्नायु रोग, वीर्य सम्बन्धि रोग हुनेहरुलाई लाभ दिन्छ ।
१२) बाह्रमुखी रुद्राक्ष :
यसको देवता तथा ग्रह सूर्य हो । यसलाई धारण गर्नाले तेजस्वी तथा ऐश्वर्य वृद्धि हुने गर्दछ । टाउको दुखाई , ज्वरो, आँखा रोग, हृदय रोग, मूत्राशय आदिमा लाभ दिन्छ ।
१३) तेरहमुखी रुद्राक्ष :
यसको देवता कामदेव हुन् तथा सबै ग्रह हो । आकर्षण-वशीकरण, सुन्दरता, समृद्धि आदिमा लाभ हुने गर्दछ । मूत्राशय, नपुंसकता, गर्भ सम्बन्धी रोग, किड्नी, कलेजोसम्बन्धी समस्या समाधान गर्ने गर्दछ ।
१४) चौदहमुखी रुद्राक्ष :
यसको देवता श्रीकन्ठ तथा हनुमानजी हुन्। तंन्त्र -मन्त्र , भूत-प्रेत, पिशाच-डाकिनी आदिबाट रक्षा गर्ने विश्वास छ । निराशा, बेचैनी, भय, भूत-प्रेत बाधा आदिमा आश्चर्यजनक लाभ दिने गर्दछ ।