ज्योतिषमा कुल नौ (९) ग्रहको गणना गरिन्छ । जसमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति (गुरु), शुक्र, शनि मुख्य ग्रह तथा राहु-केतु छाया ग्रह मानिन्छ । यी ग्रहमा सूर्य-मंगल क्रूर ग्रह तथा शनि, राहु-केतु पाप ग्रह मानिन्छन् । सूर्य ग्रहले हाम्रो नेत्र, टाउको र हृदयमा प्रभाव राख्ने गर्दछ । मंगल ग्रहले पित्त, रक्त, कान, नाकमा र शनि हड्डि, मस्तिष्क, खुट्टा, पैतालामा प्रभुत्व राख्दछ । राहु-केतुको स्वोतन्त्र प्रभाव हुने गर्दैन । यिनीहरु जुन राशिमा या जुन ग्रहको साथ बस्ने गर्दछन्, त्यसको प्रभावलाई बढाउने गर्दछन् । बृहस्पति, शुक्र, बुध शुभ ग्रह मानिन्छ । पूर्ण चन्द्रमालाई शुभ भनिएको छ तर कृष्ण पक्ष तर्फ बढ्दै गरेको चन्द्रमा पापी हुने गर्दछ । बृहस्पति ग्रहले शरीरको बोसो, मिर्गौला र पाचनलाई नियन्त्रित गर्दछ । शुक्रले वीर्य, आखाँ र कामशक्तिलाई नियन्त्रणमा राख्ने गर्दछ । बुधको वर्चस्व वाणी (जिब्रो) मा हुने गर्दछ । चन्द्रमा छाती, फोक्सो र नेत्र ज्योतिमा आफ्नो प्रभाव राख्दछ ।
ग्रहको कारकत्व : जन्मकुण्डलीमा १२ भाव हुने गर्दछ । भावको नैसर्गिक कारक निम्नानुसार रहेका छन् ।
* सूर्य- प्रथम भाव, दशम भाव
* चंद्र- चतुर्थ भाव
* मंगल- तृतीय, षष्ठ भाव
* बुध- चतुर्थ भाव
* गुरु- द्वितीय, पंचम, नवम, एकादश भाव
* शुक्र- सप्तम भाव
* शनि- षष्ठ, व्यय, अष्टम भाव
* राहु-केतु – स्वतंत्र प्रभाव नहीं
यदि भावको कारक यस भावमा एक्लो भयो भने भावलाई नै हानि गर्दछ ।

