दुई दिनदेखि दाङमा सलहको ‘बितण्डा’, सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट !

दाङमा – मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले आज साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पुर्याउने क्रम जारी राखेको छ ।

केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्याएको छ । सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ । सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्ने छ ।

प्रकाशित : बुधबार, असार १७, २०७७१७:१५

विश्वभर अहिले सम्मकै बढी संक्रमित भेटिए, अमेरिकामा झन् भयाभव हुने देखियो !