नेकपा भित्रको संकट: मध्यमार्गीधार बलियो बनाउने प्रयास !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबारको बैठकमा शिर्ष नेता आरोपप्रत्यारोपमा उत्रिएपछि देखिएको संकट टार्ने विकल्पमा नेताहरु जुटेका छन् । फुटसम्मको अवस्थामा पुग्ने आंशका गरेका दोस्रो तहका नेताले शिर्ष नेतालाई एकताबाट पछाडी हट्न नदिने भनेर दबाव दिन थालेपछि मध्यमार्गीधार बलियो बन्न थालेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र ओली इत्तर पक्षका नेताहरुले बुधबार आफु निकट नेताहरुसँग छलफल गरेका छन् । केही नेताहरु दुवै पक्षको भेलामा सहभागी भएपनि उनिहरुले एकताबाट कोही भाग्न नहुने भन्दै खबरदारी गरेका हुन् । यसअघि पनि यस्तै संकटबाट गुज्रिएको नेकपाभित्र यसपटक भने अलिक ठुलै संकट आएको छ । ओली इत्तर पक्षका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट मार्ग प्रशस्त गर्न स्थायी कमिटीमै कुरा उठाएपछि बैठक पूर्वनिर्धारित एजेण्डा छाडेर राजिनामाको विषयमा पुगेको छ ।

‘पार्टी एकीकरणताका तय भएको राजनीतिक सहमति र अन्तरिम विधानमा पार्टी एकीकरणको काम नसकुञ्जेल कुनै पनि निर्णयमा पुग्नुअघि दुई अध्यक्षको सहमतिलाई अनिवार्य मानिएको छ,’ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘मानौँ, स्थायी कमिटीले प्रधानमन्त्री हटाउने निर्णय गर्न खोज्यो भने पनि अध्यक्ष ओलीले मात्रै मान्नु भएन भने त्यो निर्णयमा जान सक्दैन

राजीनामाको विषय नै उठेपछि दुवै पक्ष आ–आफ्नो भावी रणनीति बनाउन केन्द्रीत छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमै बुधबार विहान केही मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् । जसमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका थिए । दिउसो करिव एक घण्टा जति बसेको स्थायी कमिटी बैठकपछि साँझ अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहाुदर थापा र केही स्थायी कमिटी सदस्यहरु पनि छलफलमा जुटे । ललितपुरको झम्सीखेलमा भएको भेलामा आगामी रणनीतिका विषयमा छलफल भएको हो ।

प्रकाशित : बिहिबार, असार १८, २०७७०१:४१

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्न सक्ने !