अनसनरत् इशानलाई भेटेपछि गगनले भने-‘सरकारमा रहेका जनता जोगाउन भन्दा कुर्सी जोगाउन व्यस्त भए’

काठमाडौँ – कोरोना महामारी नियन्त्रण सम्बन्धी कामकारवाही प्रभावकारी र पारदर्शी बनाउन माग गर्दै अनसनमा रहेका युवक इशानलाई भेट्न नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापा पाटन दरबार क्षेत्र पुगेका छन्। बिगत एक हप्ता देखि पाटन दरबार परिसरमा ६ दिनदेखि अनसनरत् इशानलाई भेट्न थापा पाटन पुगेका हुन्।

इशानलाई भेटेपछि थापाले सरकारमा भएकाहरु कुर्सी जोगाउन व्यस्त रहेको आरोप लगाएका छन्। जिम्मेवारी लिएकाहरू जनता जोगाउन होइन आफ्नो कुर्सी जोगाउन व्यस्त रहेको उनको आरोप छ।

“जिम्मेवारी लिएकाहरू जनता जोगाउन होइन आफ्नो कुर्सी जोगाउन व्यस्त छन्। समाजलाई अनेक मुद्दामा ध्रुवीकृत गरेर अलमलाइरहेका छन्।”,इशानलाई भेटेपछि सामाजिक संजालमा थापाले लेखका छन्।

सरकार अलमलिए पनि कोरोना भाइरसले भने अलमल नगरी आफ्नो काम गरिरहेको थापा बताउँछन्। उनका अनुसार सरकारलाई सबै मिलेर दबाव दिनुपर्ने अवस्था आइसकेको छ। उनले लेखेका छन्,”अब हामी पनि नअलमलिइकन सरकारलाई एक स्वरमा भनौँ-“Enough is Enough”.”

कोरोना भाइरस संक्रमितको उचति व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै इशानलाई बिगत ७ दिन देखि अनसनमा छन्।

 

प्रकाशित : बिहिबार, असार १८, २०७७०३:४७

“हिजो आफैं नेपालमा भारत हावी भयो भन्ने, आज ओलीले सरकार ढाल्न खोज्यो भन्दा गनगन गर्ने?”