काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र बढेको विवादलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका माथि प्रश्न उठाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न भारत सक्रिय भयो भन्दै अभिव्यक्ति दिएपछि प्रचण्ड कड्किएको भन्ने समाचार बाहिरिएपछि फणिन्द्र नेपालले प्रचण्डको भूमिका माथि प्रश्न उठाएका हुन्।
पहिला नेपालको राजनीतिमा भारतको प्रत्क्षय प्रभाव पार्न थाल्यो भन्ने प्रचण्डले अहिले सरकार ढाल्न भारत सक्रिय भई भन्दा ओलीले अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउनु तथ्यसङ्गत नहुने नेपालको संकेत छ।
“हिजोसम्म पुष्पकमल दाहाल प्रचण्ड भारतले नेपालको राजनीति र प्रशासनमा म्याक्रो म्यानेजमेन्ट(macro management) मात्रै होइन माइक्रो म्यानेजमेन्ट (micro management) नै गर्न थाल्यो भनेर गनगनाउँदै थिए । आज केपी शर्मा ओलीले भारतले उनलाई प्रधानमन्त्री पदबाट हटाउन लाग्यो भन्दा नेपालमा भारतको यो कुनचाहिँ व्यवस्थापन हो, प्रचण्डजीले नै छुट्याइदिनुपर्यो भन्दा कदाचित् अन्यथा नहोला ।”,उनी भन्छन्।
भारतले सरकार ढाल्न खोज्यो भनेकै कारण ओलीले केपी शर्मा ओलीले `तित्राको मुखै बैरी´ भन्ने उखानको सामना गर्नुपरेको नेपालको भनाई छ।
नेपाल फेसबुकमा प्रचण्ड बारे यसो लेख्छन् –
हिजोसम्म पुष्पकमल दाहाल प्रचण्ड भारतले नेपालको राजनीति र प्रशासनमा म्याक्रो म्यानेजमेन्ट(macro management) मात्रै होइन माइक्रो म्यानेजमेन्ट (micro management) नै गर्न थाल्यो भनेर गनगनाउँदै थिए । आज केपी शर्मा ओलीले भारतले उनलाई प्रधानमन्त्री पदबाट हटाउन लाग्यो भन्दा नेपालमा भारतको यो कुनचाहिँ व्यवस्थापन हो, प्रचण्डजीले नै छुट्याइदिनुपर्यो भन्दा कदाचित् अन्यथा नहोला । अहिले केपी शर्मा ओलीले `तित्राको मुखै बैरी´ भन्ने उखानको सामना गर्नुपरेको छ ।