घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, असार १८ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य आज भने तोलामा ७ सय रुपैयाले घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९१  हजार ७  सय  रुपैयामा कारोबार भएकोमा आज ७ सय रुपैयाँले घटेको हो।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तेजाबी सुनको मूल्य प्रतितोला रु ९०  हजार ५  सय ६५  कायम भएको छ। साथै आज चाँदीको मुल्य पनि तोलामा १०  रुपैयाले घटेको  छ।  आज  चाँदीको मुल्य प्रतितोला रु ९ सय ५०  रुपैया  मा खरिद बिक्री भइरहेको छ ।

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

प्रकाशित : बिहिबार, असार १८, २०७७०५:२८

बाँझो जग्गा समेट्न असोजबाट भूमि बैंक, सरकारसँग जग्गा भाडामा लिएर खेती गर्न सकिने !