काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्थायी कमिटिको बैठकमा राजिनामाको मागसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चुलिएको छ। यस विवादलाई लिएर नेकपा कतै फुट्ने पो हो की भन्ने प्रश्न पनि उठेको छ।
पार्टी भित्र विवाद चुलिएका बेला ओली निकटका नेता गोकुल बाँस्कोटाले सहमतिले बनेको पार्टीका अल्पमत र वहुमत भनेर नहुने बताएका छन्। स्थायी कमिटिको बैठकमा धेरै जस्तो स्थायी कमिटि सदस्यले ओलीको राजिनामा माग गरेपछि बाँस्कोटाले यस्तो बताएका हुन्।
“म फेरि भन्छु-गणितले हैन, पार्टी अध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे। विधानले अल्पमत वहुमत हैन सहमति भन्छ।”,एक ट्वीट गर्दै बाँस्कोटाले भनेका छन्।
पार्टी भित्र एक व्यक्ति – एक पदको अवधारणा बारे पनि उनले कडा प्रतिवाद गरेका छन्। एक व्यक्ति – एक पदको कुरा महाधिवेशन गरेर टुङ्गो लगाउन उनको माग छ।
“महाधिवेशन गराै,भाेटिङ गराै।आफ्नापाला नबजेकाे एकब्यक्ति एकपदकाे नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गराै।अध्यक्ष प्रम,सांसद मन्त्री,केस सांसद ,प्रदेश र जिल्लानेता मेयरनबनाै।”,उनले लेखेका छन्।
तत्कालिन नेकपा एमालेको महाधिवेशनबाट केपी शर्मा ओली पार्टीको अध्यक्ष चुनिएका थिए। सोहि प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन्। निर्वाचित अध्यक्षले पार्टीको नेतृत्व नछाड्ने र जनताले ओलीको लागि जनमत दिएको ओलीपक्षधर नेताहरुले बताउने गरेका छन्।
म फेरि भन्छु-गणितले हैन, पार्टीअध्यक्षकाे निर्णयले नेकपा बनेकाे हाे।विधानलेअल्पमत वहुमत हैन सहमतिभन्छ।महाधिवेशन गराै,भाेटिङ गराै।आफ्नापाला नबजेकाे एकब्यक्ति एकपदकाे नरसिङ्गा बाजा महाधिवेशनमै बजाउँ र स्थापित गराै।अध्यक्ष प्रम,सांसद मन्त्री,केस सांसद ,प्रदेश र जिल्लानेता मेयरनबनाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) July 2, 2020