काठमाडौँ, असार १८ । केहि दिन अगाडी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक तथा निर्माता भुवन केसीमाथि दु-र्व्यवहारको आरोप लगाएकी थिइन् । उनले सामाजिक संजालमा भिडियो पोस्ट गर्दै भुवन केसी माथि दु-र्व्यवहारको आरोप लगाएकी हुन् । त्यसपछि अभिनेता केसीले सामाजिक संजालमा एक लामो स्टाटस लेख्दै आफुमाथि झुठा लान्छना नलगाउन आग्रह गरेका छन्। उनको स्टाटस जस्ताको तस्तै:
“डियर साम्राज्ञि,
तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्छया गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ। आफुलाई ब्रेकदिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्बन्धमा मेरो गम्भिर ध्यान आकर्शन भएको छ !!
अब उप्रान्त तपाईले म भुवन केसीले बिगत करिब् चलिस् बर्ष देखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन तेस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !
मेरो यो सुचनाको बाब्जुद तपाईले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाई उपर प्रचलित साइबर् कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईबाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायेको भागेदारी गराउनुको निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दु:खका साथ् जानकारी गराउदछु |
भवदिय भुवन के .सी
सिनामंगल ,काठमाडौं ,वडा न .९
मिती २०७७ साल, अषाढ १८ गते
शुभम !!!”
साथै निर्माता केसीले यससम्बन्धी छानविनको लागि नेपाल चलचित्र कलाकारसंघमा निवेदन समेत दिएका छन्। उनि लेख्छन्:
“हरेक कथाको तीनवटा पाटा हुन्छन। अरुको , आफ्नो र सत्यको र सत्य के हो त्यो अब नेपाल कलाकारसंघ र कानुनले नै, फैसला गर्ने छ। यस सम्बन्धी छानविनको लागि मैले नेपाल चलचित्र कलाकारसंघमा निवेदन दिईसकेको छु।”


