आज असार १९ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन आध्यात्मिक दृष्टिबाट तपाईलाई  अनौठो अनुभूति हुनेछ। तपाईलाई रहस्यमयी अध्ययन र सम्बन्धित चीजहरूको विशेष आकर्षण रहेनछ। यसदिन आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ। यसदिन नया कार्यको सुरुवात नगर्नुहोस।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाइको गृहस्थजीवनमा सुखको अनुभव हुनेछ। परिवारजन तथा निकटका मानिससंग भोजन तथा आनन्दको समय बित्नेछ। साथै छोटो यात्रा समेत हुनेछ।  विदेशमा रहेका आफन्तको राम्रो समाचारले मन प्रफुल्लित हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन तपाइको लागि शुभ फलदायी रहनेछ।  घरमा शान्ति र आनन्दको वातावरण बनिरहनेछ। तपाइको अधुरो कार्य सम्पन्न हुनेछ।  आर्थिक लाभ पनि मिल्नेछ। खर्चको मात्र बढ्न सक्नेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन शन्तिपुर्वक बिताउनुहोस्। यसदिन तपाइको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछैन। शारीरिक रुपमा पेटको पिडा र  मानसिक रुपबाट चिन्ता रहनेछ। आकस्मिक खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाई शारीरिक रुपबाट अस्वस्थ  अनुभव गर्नुहुनेछ । घरमा आफन्तसंगको विवादले तपाईलाई उदास बनाउन सक्छ। माताको साथ मनमुटाव हुनसक्नेछ। सरकार वा सम्पत्तीसँग सम्बन्धित महत्त्वपूर्ण पत्रहरूलाई सच्याउन वा छाप्नको लागि सावधान हुनुहोस्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कुनै पनि कार्य सोचेर गर्नुहोस। भाइ-बहिनिसंग प्यारो सम्बन्ध रहनेछ । आफन्त तथा साथीहरुसंग भेटघाट हुनेछ। प्रत्येक कार्यमा सफलता मिल्ने सम्भावना रहेको छ।  आर्थिक लाभको सम्भावना पनि धेरै रहेको छ। समाजमा मान-सम्मान मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाइको मनोबल कमजोर रहनेछ। त्यसैले कुनैपनि निर्णय लिन कठिन हुनसक्छ। नया कार्य तथा महत्वपूर्ण निर्णय यसदिन नगर्नुहोला। परिवारको साथ विवाद हुनसक्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यसदिन तपाइको लागि शुभ रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।  परिवारको सदस्यको साथ आनन्दपुर्वक समय बित्नेछ। शुभ समाचार मिल्ने तथा अन्नददायी यात्रा हुने सम्भावना रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यसदिन तपाइको कठिन हुनेछ। परिवारको साथ बहस हुनेछ। यसदिन तपाई आफ्नो बोलिलाई संयम राख्नुहोस। शारीरिक स्वास्थ्य बिग्रिन सक्नेछ। धन खर्च हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

साथी तथा आफन्तसंग भएको भेटले तपाईको दिन आनन्दपूर्ण बित्नेछ। सामाजिक क्षेत्र, व्यापार तथा अन्य क्षेत्रमा तपाइको लागि यसदिन लाभदायी रहनेछ। घरमा कुनै पनि शुभ प्रसंग बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाइको शुभ फलदायी रहेनछ। यसदिन प्रत्येक कार्यमा सजिलै सफलता प्राप्त हुनेछ। परिणामस्वरुप तपाई मानसिक रुपमा  प्रफुल्लित रहनुहुनेछ । जागिरमा उच्चअधिकारीको प्रसन्नताको कारण पदोन्नतिको योग रहेको छ। गृहस्थ-जीवनमा आनन्द प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

यसदिन मनको अस्वस्थताको कारण तपाई चिन्तित रहनेछ। शरीरमा थकान र आलस्यको अनुभव हुनेछ। उच्चअधिकारीको साथ सावधानीपूर्वक कार्य गर्नुहोस । सन्तानको विषयमा तपाईलाई चिन्ता रहनेछ। आवश्यक निर्णय लिन यसदिन उचित छैन। व्यापारी वर्गको व्यापारमा बाधा आउन सक्छ । नकारात्मकतालाई महत्व नदिनुहोस।

प्रकाशित : बिहिबार, असार १८, २०७७१२:४७

भोलि असार २० गते शनिबार, कस्तो बित्ला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !