कुन ब्लड ग्रुप भएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस् !

आफ्नो ब्लडग्रुप के हो  भन्ने कुराको बारेमा सबैजना सायद जानकार नै हुन्छन । ब्लड ग्रुपले कुनै पनि व्यक्तिको स्वास्थ्य मात्र नभई आनीबानी , जीवन ,काम तथा व्यक्तित्वको बारेमा जानकारी पाउन सकिन्छ। फरक फरक ब्लड ग्रुप अनुसार मानिसको व्यवहार पनि अलग अलग हुने गर्छ।

जापानमा हरेक महिला पुरुषले ब्लड ग्रुपको बारेमा जानकारी लिएर मात्र जीवन साथीको चयन गर्ने वातावारण रहेको छ भने यशियाका केहि देशमा पनि मानिसको स्वभाव ब्लड ग्रुपद्वारा जानकारी हुने मान्यता रहेको छ।

A ब्लड ग्रुप

टाइप ए ब्लड ग्रुप हुने व्यक्तिहरु बिशेष प्रकारका हुने गर्छन।  यस्ता व्यक्तिले जीवन्क्को हरेक पाइलामा सफलता प्राप्त गर्ने , सबैलाई समान व्यवहार गर्ने , कोमल , दयालु , संबेदनशील तथा उत्तरदायित्व बहन गर्ने स्वभावका हुन्छन।  यसका साथै यस्ता व्यक्तिहरुले आफ्नो भन्दा बढी अरुको बारेमा सोच्ने र छिट्टै नै तनावमा आइहाल्ने स्वभावका पनि हुने गर्छन।

B ब्लड ग्रुप

टाइप बी ब्लड ग्रुपहुने व्यक्तिहरु छिट्टै नै अरुसंग घुलमिल गर्न सफल हुन्छन यानी यिनिहरु फ्रेंन्डली हुन्छन। यस्ता ब्लड ग्रुप हुनेहरु केहि स्वार्थी पनि हुन्छन किनकी यी व्यक्तिहरु हत्तपत्त अरुको मदत गर्नमा अग्रसरता देखाउदैनन। बी ब्लड ग्रुप हुनेहरु मेहनती हुनका साथै साँचो बोल्ने स्वभावका हुन्छन तर यिनीहरु अलि धेरै महत्वकान्क्षि तथा केहि जिद्धि स्वभावका पनि हुने गर्छन।

AB ब्लड ग्रुप

यस ब्लड ग्रुप भएकाअति नै शान्त स्वभावका हुन्छन।  यिनीहरुले अरुको बिश्वास सजिलै गर्दैनन। AB ब्लड ग्रुप हुने व्यक्तिको ज काम गर्छन मन देखि गर्छन र चाडै नै सफलता पनि पाउन सफल हुन्छन।

 O ब्लड ग्रुप

टाईप O ब्लड ग्रुप हुने मानिस अति सकारात्मक र दृढ बिश्वासका हुन्छन।  यस्ता मानिस बहु प्रतिभाशाली हुने तथा मेहनती स्वभावका हुन्छन। यस्ता ब्लड ग्रुप हुने व्यक्तिले अरुको सधै भलाई चाहने , सबैलाई समान व्यवहार गर्ने ,तथा जीवनमा सफलता प्राप्त गर्नका लागि जस्तो सुकै परिस्थितिको पनि सामना गर्न सक्ने हुन्छन।

प्रकाशित : बिहिबार, असार १८, २०७७१२:५१

राति सुत्नु भन्दा अगाडी अलैंची र तातो पानी पिउँदा हुन्छ यस्तो चमत्कारिक फाइदा ! (तरिका सहित)