मर्ने डर भएपछि यी ५ नायकले छाडेका थिए चुरोट, १ लाई त क्यान्सर समेत देखिएको थियो !

एजेन्सी- धुम्रपान स्वास्थ्यको लागि हनिकारण मानिन्छ। धुम्रपान देखि टाढा रहन डाक्टरले मात्र नभई स्कुले पाठ्यक्रमले पनि सुझाउने गर्छन्।

तर पनि विश्वमा हानि गर्ने तथ्यलाई बेवास्था गर्दै धुम्रपान गर्ने मानिसहरुको संख्या ठूलै छ। अझ पछिल्लो समय त धुम्रपानले फेसनको नै रुपमा लिन थालेको छ।

यस्तै कलाकार र सेलिब्रिटीहरुले पनि धुम्रपानलाई फेसनको रुपमा लिने गरेका छन्। यति सम्म की केहि कलाकारले त धुम्रपान, मद्यपान तथा अन्य लतमा लागेर आफ्नो करियर नै बर्बाद पारेका छन्। धुम्रपान गरेर छाडेका बलिउड कलाकारहरु निम्न छन्।

सैफ अली खान

चर्चित बलिउड नायक सैफ अली खान कुनै एक समयमा अत्याधिक धुम्रपान गर्ने गर्थे। सन् २०१७ मा हृदयघात भएपछि भने उनले धुम्रपान छाडेका हुन्। चिकित्सकले धुम्रपान छाड्न दिएको सल्लाह अनुसार उनले श्रीमती करिनाको सहयोगमा चुरोट छाडेका हुन्।

जोन अब्राहम

फिटनेसको कारण चर्चामा रहने जोन अब्राहम आफ्नो शरीरलाई धेरै ध्यान दिन्छन्। तर कुनै एक समयमा उनी चुरोट पिउने गर्थे। एक पटक उनले फोक्सोको एक्स-रे गराएका थिए। जसक्रममा उनले फोक्सो कालो भएको थाहा पाए। त्यसपछि उनले चुरोट छोएका छैनन्।

विवेक ओबरोय

बलिउड अभिनेता विवेक ओबरोयलाई एक समयमा चुरोट पिउने नराम्रो लतनै लागेको थियो। उनमा क्यान्सरका लक्षण समेत देखिएको थियो। जसपछि उनले तत्कालै चुरोट छाडे अनि उपचार गराए। त्यस घटना पछि उनले चुरोट छाडेका हुन्।

अन्जना हत्यकाण्ड- हात छिन्यो, मुटु २ टुक्रा भयो, अनि गयो प्राण : सँग-सँगै टुंगियो क्यानडा जाने सपना

ऋतिक रोशन

कहो ना प्यार है, कोई मिल गया, कभी खुशी कभी गम, कृष जस्ता हिट चलचित्रमा काम गरिसकेका अभिनेता ऋतिक पनि चुरोटको लत देखि अछुतो रहन सकेनन्। तर उनले एलन कार्सको किताब द इजी वे टू क्विट स्मोकिन पढेर धुम्रपान छाडे। अहिले उनी चुरोट छुँदा पनि छुँदैनन्।

अर्जुन रामपाल

अर्जुन र ऋतिक कुनै एक समयमा धेरै नै मिल्ने साथी थिए। श्रोतका अनुसार चुरोट छाड्न अर्जुनलाई ऋतिकले सहयोग गरेका हुन्। ऋतिकले एलन कार्सको किताब द इजी वे टू क्विट स्मोकिन अर्जुनलाई दिएका थिए।

प्रकाशित : बिहिबार, असार १८, २०७७१३:०२

बलिउडका यी ४ स्टार्स जसले पत्नीको हातबाट सार्वजनिक स्थलमै खाए थप्पड !