कोरोना संक्रमणमा रसिया उछिन्दै भारत, बन्यो नयाँ रेकर्ड !

काठमाडौँ – भारतमा एकै दिन अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा त्यहाँ अहिले सम्मकै बढी २१ हजार ९ सय ४८ नयाँ कोरोना भाइरस संक्रमित फेला पटक हुन्।

पछिल्ला केहि हप्ता देखि कोरोना भाइरस संक्रमितको संख्यामा ह्वातै वृद्धि भइरहेको भारतमा बिहिबार अहिले सम्मकै बढी संक्रमित फेला परेको बताइएको छ।

यस वृद्धिसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख २७ हजार १ सय ६८ पुगेको छ। कोरोनाबाट अतिप्रभावित चौंथो मुलुकको रुपमा रहेको भारत दैनिक संक्रमणमा तेस्रो स्थानमा छ। संक्रमित संख्यामा लगातार भइरहेको वृद्धिसँगै भारतले आउने केहि दिनमै तस्रो स्थानमा रहेको रसियालाई उछिन्ने देखिएको छ।

कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि देखिएपनि भारतमा कोरोना संक्रमण निको हुनेको संख्या भने सुखद देखिएको छ। त्यहाँ सक्रिय संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या बढी छ। कुल संक्रमित मध्ये ३ लाख ७९ हजार ९ सय २ कोरोना संक्रमित निको भइसकेका छन्। जबकी त्यहाँ सक्रिय संक्रमित संख्या २ लाख २९ हजार ४१ छ। कुल संक्रमित मध्ये करिब ९ हजारको अवस्था गम्भीर रहेको बताइन्छ।

यस्तै भारतमा बितेको २४ घण्टामा ३ सय ७७ जनाको ज्यान गएको छ। जससंग भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार ९ सय ४८ पुगेको छ।

प्रकाशित : शुक्रबार, असार १९, २०७७०३:५४

काठमाडौँ सहित देशका ठूला शहरबाट आउनेलाई काभ्रेमा कडाई !