जुलाई महिना कुन राशिलाई कति शुभ, कति अशुभ ? हेर्नुहोस् मासिक राशिफल !

मेष राशि

मेष राशि भएका व्यक्तिका लागि यो महिना आर्थिक रूपमा त्यति राम्रो नहुन सक्छ। व्यापार व्यसाय भने ठीक ठाक रहनेछ। कृषि क्षेत्रमा  घाटा हुने योग रहेको हुँदा ध्यान पुर्याउनुहोला । स्वास्थ क्षेत्रमा केहि समस्या देखा पर्न सक्छ | चेलीको परिवारमा भने आर्थिक स्थिति मजबूत हुने देखिन्छ  | जस्तो सुकै कठिन अवस्था रहे पनि तपाईंको सामाजिक प्रतिष्ठामा भने असर पर्ने छैन |

वृष राशि 

यो महिना वृष राशि भएका मानिसका लागि पारिवारिक आनन्द मिल्ने योग छ । व्यापारमा उतार-चढाव आउला। कृषि क्षेत्र ठिक ठाक रहने देखिन्छ । अभिभावकको स्वास्थ्यमा समस्या पर्न सक्छ, सतर्क रहनुहोला । कुनै अन्जान व्यक्तिबाट हानी हुन सक्ने भएकोले सावधान रहनुहोला | भाई वन्धुबाट सहयोग मिल्नेछ |

मिथुन राशि 

यो महिना मिथुन राशि भएका व्यक्तिका लागि सामान्य रहनेछ । कृषि क्षेत्र त्यति राम्रो नहोला । व्यापार क्षेत्र पनि  मध्यम रहने देखिन्छ। ससुराल पक्षबाट समस्या आउँन सक्छ। खासगरि बुबाको स्वास्थ्य समस्या देखा पर्न सक्छ , सतर्क रहनुहोला  ।  ईन्जिनियर वर्ग र किराना व्यापारीका लागि भने यो महिना धेरै नै राम्रो रहने देखिन्छ |

कर्कट राशि 

यो राशि भएका व्यक्तिलाई यो महिना पारिवारिक सुख प्राप्त हुने देखिन्छ। नोकरी क्षेत्रमा भने केहि समस्या आउन सक्छ । व्यापार व्यसायमा भने निकै प्रगति हुने योग रहेको छ । दिदीबहिनिको परिवारबाट सहयोग प्राप्त हुनेछ। टाढाका आफन्तहरूमा एकता हुनेछ। घरमा धार्मिक कार्यको आयोजना हुने सम्भावना रहेको छ। बच्चाहरूको अध्ययन क्षेत्रमा पनि राम्रो प्रगति हुने देखिन्छ।

सिंह राशि 

सिंह राशिको लागि यो महिना निकै चुनौतिपूर्ण रहनेछ | परिवारका सदस्यको स्वास्थमा समस्या आउने सम्भावना रहेको छ | दाजुभाईको स्वास्थमा पनि केहि समस्या आउन सक्छ | आफ्नो स्वास्थमा भने केहि सुधार हुनेछ |  साथी-भाईबाट भने भरपूर साथ् र सहयोग मिल्नेछ |

कन्या राशि 

यो महिना कन्या राशि भएका मानिसको लागि कष्टकर हुनेछ। व्यापार व्यवसाय सामान्य  हुनेछ | आमा बुबाको स्वास्थमा समस्या आउन सक्छ | कुनै पनि नयाँ कार्य सुरु गर्दा समस्या आउने सम्भावना रहेकाले सावधानीपूर्वक काम गर्नुहोला। प्रेम सम्बन्धमा पनि खटपट आउन सक्छ |

तुला राशि 

यो महिना तुला राशि भएको व्यक्तिका लागि आर्थिक रूपमा कष्टकर रहनेछ। व्यापार व्यवसाय सामान्य रहनेछ। स्वास्थ्य सुधार हुनेछ। स्वाथामा भने सुधार आउने देखिन्छ | अन्जान व्यक्तिसँग भेट गर्नु पीडादायी हुन सक्छ। त्यस्तै यात्राको योग रहेको छ |

वृश्चिक राशि

यो महिना वृश्चिक राशिको लागि राजनीति क्षेत्रबाट लाभ हुनेछ। काममा प्रगति हुनेछ।  दाजुभाईसँग मनमुटाव हुन सक्छ |   पत्नीबाट सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा पनि समस्या आउन सक्छ , सावधान रहनुहोला |

धनु राशि

 यो महिना धनु राशिका मानिसका व्यापार व्यवसाय निकै फस्टाउने देखिन्छ । स्वास्थ्यमा भने केहि समस्या देखा पर्न सक्छ ।   बुबाबाट पून समर्थन प्राप्त हुनेछ। आफन्तको बीचमा केहि समस्या तथा मनमुटाव हुन सक्छ |

मकर राशि 

यो महिना मकर राशिको लागि निकै लाभदायक रहनेछ | आर्थिक विकासको साथ आर्थिक बृद्धिका हुने देखिन्छ । व्यापार क्षेत्र पनि राम्रो हुनेछ। कुनै पनि कार्यमा पूर्ण समर्थन प्राप्त हुनेछ।  पत्नीको स्वास्थ्य समस्याआउन सक्छ। पदोन्नतीको पनि  योग रहेको छ |

कुम्भ राशि 

यो महिना कुम्भ राशिका मानिसका बच्चाहरूको लागि निकै राम्रो हुनेछ। व्यापारमा सफलता प्राप्त गर्न समस्या आउन सक्छ। कृषिमा राम्रो फाइदा हुनेछ। अफिसर वर्गबाट ​​काममा समस्याआउला , ख्याल गर्नुहोला। साथी-भाईबात सहयोग प्राप्त हुनेछ  ।

मीन राशि 

मीन राशिको लागि यो महिना  लाभदायक हुनेछ। व्यापारमा लाभ हुने देखिन्छ।रोजगारमा पनि पदोन्नतीको योग रहेको छ। आमाको स्वास्थमा केहि समस्या आउन सक्छ । आफ्नो स्वास्थमा भने सुधार आउनेछ|

 

https://hindi.webdunia.com/astrology-zodiac-signs/july-2020-monthly-rashifal-120070100042_1.html?fbclid=IwAR3oXRCvg_MA9e6C4IU0Qb8OkgIraBSHvhxaS0AY94qk9JQWRexRGoNKAzE

प्रकाशित : शुक्रबार, असार १९, २०७७१३:३२

भोलि गुरु पुर्णिमाको दिन लाग्दैछ वर्षकै तेस्रो चन्द्र ग्रहण, यी ५ राशिलाई हुनेछ अशुभ!