विवाह भएको ९ वर्षपछि जब जिनेटिक रुपमा पुरुष भएको थाहा भयो …

एजेन्सी – भारतको पश्चिम बङ्गालकी एक महिला ३२ वर्षदेखि सामान्य जीवन बिताउदै आइरहेकी थिईन् | उनको विवाह भएको ९ वर्ष भयो र उनको वैवाहिक जीवन पनि राम्रोसँग चलिरहेको थियो | तब एक अनौठो र अप्रत्यासित कुराको खुलासा भयो | वास्तवमा बाहिरी जिउढालबाट महिला देखिने उनी अनुवंशिक (जिनेटिक) रूपमा पुरुष थिए | उनलाई टे-स्टिक्युलर क्यान्सर रहेको पनि खुसला भएको छ |

डाक्टरले उनको लामो परिक्षणपछि उनलाई एन्ड्रोजन इन्सेंसिटिभिटी सिंड्रोम रहेको बताएका छन् | यसमा कुनै पनि व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोजोम (गुणसूत्र) भने पुरुषको हुन्छ |

यी महिला केहि महिना अघि पेट दुख्ने समस्या लिएर सुभास चन्द्र भोस क्यान्सर अस्पताल गएकी थिईन् | उनको उपचारमा खटिएका डाक्टरहरुलाई पनि पहिला त पत्तै भएन कि यो के समस्या हो भनेर | उनको उपचार डा.अनुपम दत्ता र डा. सौमेन दासले  गरिरहेका थिए।

डा.अनुपम दत्त बताउँछन् ,” ती महिला पेटमा गम्भीर दुखाइको गुनासो गरी अस्पताल आएकि थिईन् ।  उनको परीक्षण गर्दा पत्ता  लग्यो कि उनको शरीरमा गर्भाशय र अंडाशय (ओभारी) छैन। पेटमा ट्यूमर जस्तै चिज थियो । त्यसपछि उनको बायोप्सीद्वारा पत्ता  लगायौं  कि उनलाई सेनिनोमा छ, जुन पुरुषमा हुने टेस्टिकुलर क्यान्सर हो।”

टेस्टिकुलर क्यान्सर अ-ण्डकोष (टे-स्टिकल्स) मा हुन्छ, जुन पुरुषको जननांग हो। तर यो जननेंद्रिया यी महिलाको पेटमा फेला परेको थियो,जसले  एक ट्यूमरको रूप लिएको थियो। यस्तो किन भयो भनेर पत्ता लगाउन महिलाको जीन परीक्षण गरिएको थियो। डा.अनुपम भन्छन्, “हामीले उनको जीनको परीक्षण गरेका थियौं जसमा क्रोमोजोम्स विश्लेषण गरिएको थियो। यो परिक्षणमा पत्ता लग्यो कि उनको जीनमा ४६ XY क्रोमोसोम समावेश थियो , जुन पुरुषमा देखा पर्दछ।  महिलामा ४६ XX क्रोमोसोम हुन्छ  | ४६ XY क्रोमोसोम भने पुरुषमा पाइन्छ।”

“यसरी हामीलाई थाहा भयो कि ती महिला एन्ड्रोजन इन्सेंसिटिभिटी सिंड्रोमबाट ग्रस्त छिन्, जुन एक दुर्लभ रोग हो । यद्यपि उनी सामान्य जीवन बिताउँदैछिन् र यस सिन्ड्रोमको कारणले उनको वैवाहिक जीवनमा पनि कुनै असर परेको छैन।” डाक्टरले भने |

डाक्टर अनुपमले भने कि यस रोगमा अरु कुनै समस्या हुँदैन तर महिला कहिले पनि आमा बन्न सक्दिनन्। तिनीहरूको शरीरमा अंडाशय र गर्भाशय हुँदैन। यसै कारणले,यी महिला कहिले पनि महिनावारी भईनन् । रजस्वला नभएकाले उक्त महिलाले  उपचार पनि गरिसकेकि थिईन्, तर डाक्टरले अण्डाशय र गर्भाशय नहुनुको कारण पत्ता लगाउन खोजेनन्।

प्रकाशित : शुक्रबार, असार १९, २०७७१५:२२

दुनिया बदल्ने क्षमता राख्छन् यी राशिका मानिसहरु !