जरुरत भन्दा बढि पानीको सेवन गर्नु पनि किड्नीको लागि हानिकारक साबित हुनसक्छ | सामान्यतया यो मानिन्छ कि जति धेरै मात्रामा पानीको सेवन गर्यो त्यति नै लाभदायक हुन्छ , तर यो गलत धारणा हो | एक स्वस्थ व्यक्तिले २४ घण्टामा २ देखि ३ लिटर पिसाब उत्पादन हुन जति पानी आवश्यक पर्छ त्यति नै पानी सेवन गर्नु पर्छ | यसको लागि लगभग ३ लिटर पानी काफी हुन्छ |
एक दिनमा ८ गिलास पानी पिउन जरूरी छ
एक दिनमा कम्तिमा ८ गिलास पानी पिउनु पर्छ तर यदि किड्नीमा पत्थरी छ भने यो मान्य हुँदैन। ८ गिलास पानीको अर्थ शरीरलाई सामान्य काम गर्नको लागि र केहि अवसरहरूमा कडा परिश्रम गर्नको लागि पानीको मात्रा पर्याप्त होस्। किड्नी विफलतामा पानीको मात्रा सीमित गर्नु आवश्यक हुन्छ यदि तरल पदार्थ ओभरलोडको मामला छ भने | यस्तोमा स्वास्थ सल्लाहकारको परामर्श लिन जरूरी छ |
हाइपोनेट्रेमिया
कुनै समय अत्यधिक पानीको मात्राले हाइपोनेट्रेमिया नामक स्थिती सृजना गर्छ | जसले गर्दा रगतमा सोडियमको मात्रा घुलन हुन्छ र व्यक्ति कम्जोर र थकित हुन्छ |
पिसाबको रंग
प्रत्येक दिन डेढ लिटर पिसाब गर्नु आवश्यक छ। पेशाबको रंगबाट धेरै कुरा थाहा पाउन सकिन्छ। डिहाइड्रेशन, पीलियाको अवस्थामा पिसाबको रंग गाढा पहेँलो हुन्छ। यदि शरीरले राम्रोसँग काम गरिरहेको छ भने पेशाबको रंग हल्का पहेँलो वा बेरंग हुन्छ। पर्याप्त मात्रामा पानी पिउँदा धेरै पेशाब सिर्जना हुन्छ, जसले ब्याक्टेरिया संक्रमण हटाउन मद्दत गर्छ। यस बाहेक, पर्याप्त मात्रामा पानी पिएर पत्बाथरीबाट पनि बच्न सकिन्छ।
तपाईंले एक दिनमा वास्तवमा कति मात्रामा पानी पिउन आवश्यक छ भन्ने कुरा जलवायुमा पनि निर्भर हुन्छ | तपाईंलाई दिनमा निकै थोरै पिसाब लाग्छ भने तपाईंले अत्यधिक पानी पिउन जरूरी छ | तर धेरै पिसाब आउनु पनि राम्रो लक्षण भने हैन | यो मधुमेह प्रोस्टेट जस्ता समस्याको संकेत हुनसक्छ |
एक दिनमा कतिपल्ट पिसाब आउन जरूरी छ त ?
एक दिनमा ५ पल्ट सम्म पिसाब आउनु राम्रो संकेत हो | यसको लागि पानी पर्याप्त मात्रामा पिउन जरूरी छ | पानीको अलावा फलफूलको जुस पिउन पनि सकिन्छ |