ट्याङ्करको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु !

काठमाडौँ – कञ्चनपुरमा ट्याङ्करले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। पानी बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा कञ्चनपुरमा शुक्रबार एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा कञ्चनपुरको पुनर्वास नगरपालिका-९ बीचफाँटाका ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरी रहेका छन्। ठकुरी सवार से६प ६४२६ नम्बरको मोटरसाइकललाई बा १ क ९७८४ र से १ क १७४ नम्बरका दुई ट्याङ्कर मध्ये एकले ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ठक्कर दिएपश्चात दुवै ट्याङ्करका चालक फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुवै चालकको खोजि भइरहेको छ भने कुन ट्याङ्करले ठक्कर दिएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ।

घटनापश्चात आक्रोषित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेका छन्। मृतकको शव स्थानीय बासिन्दाले सडकबाट उठाउन नदिएको प्रहरीले जनाएको छ।

तस्विर: सुरेश पन्त

प्रकाशित : शुक्रबार, असार १९, २०७७०९:३५

नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा