ओली भन्छन् – “पार्टीमा अहिले म भन्दा उत्कृष्ट कोहि छैन, छाड्नै परे पद युवा नेतृत्वलाई छाड्छु”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा उत्कृष्ट नेता आएमा अहिल्यै पद छाड्न तयार रहेको बताएका छन्। नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गर्दै आफू भन्दा उत्कृष्ट नेता आएको खण्डमा नेतृत्व छाड्न आफू तयार रहेको बताएका हुन्।

उमेर पुगिसकेका नेताहरु कुर्सिको लागि लड्ने भन्दा पनि युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तर्फ लाग्नुपर्ने ओलीको भनाई छ। नेकपामा पछिल्लो समय उत्पन्न भएको विवाद सैद्धान्तिक नभइ कुर्सीको भएको ओलीले पार्टीका युवा तथा विद्यार्थी नेताहरुलाई बताए।

पार्टीको नेतृत्व तहमा रहेका आफू सहितका नेताहरुले कुर्सिको लागि लड्ने भन्दा पनि युवा तहलाई नेतृत्व सुम्पन पर्ने ओलीले उक्त छलफलमा सुनाए।

छलफलमा सहभागी भएका नेताहरु ओलीले नेकापमा चलिरहेको विवाद बारे स्पष्ट पारेका थिए। लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको नक्सा निकालेपछि भारतले चौतर्फी घेराबन्दी गरेको भन्दै ओलीले आक्रोष पोखेको सहभागी नेताहरु बताउँछन्। नयाँ नक्सा र नागरिकता विधेयककै कारण भारत आफू नेतृत्वको सरकारविरुद्ध लागेको ओलीको भनाई छ।

लामो राजनीतिक संघर्ष पश्चात आफू नेतृत्व तहमा आइपुगेको हुँदा आफूले पूर्ण कार्यकाल पार्टी सम्हाल्न पाउनु पर्ने तर्क गरेको पनि सहभागी नेताहरुले बताए।

आफ्नो उमेर नेतृत्वमा रहिरहने नभएको ओलीले बताएका थिए। ओलीले आफू सरकार र पार्टीको नेतृत्वमा टाँसिएर बसिरहन नचाहेको स्पष्ट पारेका थिए।

“दुवै पद छाड्न तयार छु। तर, दुवै पद छाड्न मभन्दा उत्कृष्ट नेता त हुनुपर्यो। मा भन्दा उत्कृष्ट कोहि छैन भने नयाँ पुस्तालाई नेतृत्व छाड्नु भन्ने भन्ने मेरो विचार हो। नेतृत्वमा रहेका एकैचोटी ‘रिटायर्ड’ हुन तयार हुनुपर्छ। पार्टीको नेतृत्व हाम्रै पुस्ताले मात्र गरेर युवाको पालो आउँदैन।”,छलफलमा सहभागी नेताहरुका अनुसार ओलीले भनेका थिए।

प्रकाशित : शुक्रबार, असार १९, २०७७१३:२४

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु !