दाँत ब्रस छान्दा दिनुहोस् यी कुराको ध्यान, दाँत सफा गर्दा यसरी गर्नुस् !

दातको सफाई स्वस्थ रहन निकै महत्वपूर्ण कुरा हो | दातको सफाईमा हामी दुई चिजको निकै ध्यान राख्ने गर्छौं : मन्जन र टूथब्रश | दातको सफाईमा राम्रो मन्जन महत्वपूर्ण हुन्छ त्यतिनै टूथब्रश पनि राम्रो हुन आवश्यक हुन्छ | यदि टूथब्रश राम्रो भएन भने दातको सफाई त राम्रोसँग हुँदैन नै तर यसले दातमा हानि पनि पुर्याउन सक्छ |

कस्तो टूथब्रश प्रयोग गर्दा राम्रो त ?

A lot of toothbrushes lie on a pastel blue background. Top view, flat lay. Minimal concept
  • टूथब्रश नरम ब्रिस्टल र राम्रो ब्रान्डको हुनु पर्छ। कडा ब्रिस्टल ब्रशले गिजामा हानी पुर्याउन सक्छ |
  • यदि गिजा कमजोर छ भने, सुपर सफ्ट वा संवेदनशील टूथब्रश प्रयोग गर्नु उत्तम हुन्छ |
  • गोलो टाउको भएको ब्रश सहज हुन्छ। तिनीहरू दाँतको कुना-कुनामा पुगेर दातको सफाई गर्छन् |
  • टूथब्रशको ह्यान्डल जति लामो हुन्छ, यसलाई समात्नु सजिलो हुन्छ जसले गर्दा सफाई गर्न सजिलो हुन्छ |
  • बिग्रेको दातको लागि भने जिगज्यक टूथब्रश प्रयोग गर्न सकिन्छ|
  • दात सफा गर्नु अघि र पछि टूथब्रश पखाल्न भुल्न हुन्न |
  • बच्चाहरुको लागि बेबी टूथब्रश मात्र प्रयोग गर्नपर्छ |

टूथब्रश बाथरूममा राख्ने बानी गर्नु हुँदैन किनभने त्यहाँ भएको खतरनाक ब्याक्टेरिया टूथब्रशमा आउन सक्छ |

ब्रस गर्ने सहि तरिका

  • टूथब्रशमा मन्जन हालेर तल माथि र दाँया बाँया हुने गरि गोल तरिकाले दात सफा गर्नुहोस् |
  • टूथब्रश गोल गरि घुमाउदा दातको मालिस पनि हुन्छ |
  • तल माथि गरि सफा गर्दा दातको कुना कुनाको भागको सफाई हुन्छ |
  • ब्रश गर्दा जिब्रो पनि राम्रोसँग सफा गर्दा जरूरी छ |

एक अध्ययनका अनुसार जसले आफ्नो दात दैनिक राम्रोसँग सफा गर्छ उसको दात ७० वर्षसम्म स्वस्थ रहन्छ |

प्रकाशित : शनिबार, असार २०, २०७७१६:५४

कपूर प्रयोग गरेर यसरी हटाउनुहोस् डण्डीफोर र कपालको चायाँ !