चतुर्मास शुरु: चातुर्मासमा के गर्न हुन्छ, के गर्न हुँदैन ?

यहि जुलाई १ बाट सुरु भएको चातुर्मास २५ नोभेम्बेर २०२० सम्म चल्नेछ | हिन्दु धर्मका साथै अरु धर्ममा पनि चातुर्मासलाई विशेष महत्व दिईएको छ | चातुर्मासको महत्त्व केवल धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिकोणबाट पनि यी चार महिना खानपानमा अत्यन्त ध्यान दिइन्छ। यो चार महिना वर्षाको समय भएकोले हावामा नामी बढि हुन्छ, जसको कारण ब्याक्टेरिया, किराहरू,सुष्म जीवहरू आदि धेरै संख्यामा फस्टाउँछन् | तरकारी , फलफूल, पानीमा ब्याक्टेरिया धेरै संख्यामा हुने गर्छन् | खासगरी पात भएका तरकारीमा किरा धेरै पाईन्छ | त्यसैले गर्दा यी चार महिना यस्ता तरकारी खान उचित मानिदैन | यो समयमा शरीरको पाचन शक्ति पनि कमजोर हुन्छ | त्यसैले सन्तुलित र सुपाच्य भोजन गर्नु राम्रो हुन्छ | चातुर्मासमा मन्त्र जप गर्ने, साधना, योग गर्नु उत्तम मानिन्छ |

चातुर्मासमा के गर्नु पर्छ त ? 

  • चातुर्मास देव पूजा, रामायण पाठ, भागवत कथा पाठ र श्रवण आदिका लागि विशेष दिन मानिन्छ । यस अवधिमा, धार्मिक कार्यहरू दान गर्ने कार्य गरिन्छ।
  • आसार महिनाको अन्तिम पाँच दिनमा भगवान वामनको पूजा गर्ने विशेष महत्त्व बताइएको छ।
  • श्रावन महिनामा विशेषगरि भगवान शिवको पूजा गरिन्छ |
  • श्रावण पछि भाद्र महिना भगवान गणेश र श्री कृष्णलाई समर्पित छ। यस महिनामा यी दुई देवताहरूको विशेष कृपा पाउन विशेष व्रत, पूजा गरिन्छ |
  • त्यसपछि आश्विन महिनामा देवी माताको लागि पूजा र उपाषना गरिन्छ |
  • कार्तिक महिना देवी लक्ष्मी र भगवान विष्णुलाई समर्पित छ | यो महिना महालक्ष्मीको पूजाको र भगवान विष्णु जागेको समय हो |

यस अर्थमा चातुर्मासको यी चार महिना धर्मशास्त्रमा विशेष गरी फलदायी भएको बताइएको छ।

चातुर्मासमा कस्तो भोजन गर्नुपर्छ त ? 

  • चातुर्मासमा वर्षायाम हुन्छ। त्यसकारण खानपानमा विशेष ध्यान राख्नु पर्छ। धर्मशास्त्रअनुसार चतुर्मासमा एकपटक मात्र हल्का खाना खानुपर्छ।
  • यी चार महिनामा, सात्विक जीवन बिताउँदा, प्रतिबन्धहरूको पालना गर्नुपर्छ।
  • महर्षि पतञ्जलिका अनुसार अष्टांग योग चतुर्मासमा पालना गर्नु पर्छ। यम, नियाम, आसन, प्राणायाम, प्रत्याहार, धरना, ध्यान र समाधि यी आठ अंगहरू हुन्। यी मध्ये समाधि बाहेक सातवटा अंगहरूको पालना अनिवार्य गर्नुपर्छ। समाधि सन्तहरूको लागि हो।
  • चातुर्मासमा पात भएको  तरकारीहरू, जडिबुटीहरू आदि नखाएकै राम्रो हुन्छ |
  • श्रावनमा साग, भाद्रमा दहि , आश्विनमा दुध र कार्तिकमा दालको सेवन नगरेको निकै उत्तम हुन्छ |
  • यी महिनामा पानीको अत्याधिक सेवन गर्नुपर्छ |
प्रकाशित : शनिबार, असार २०, २०७७१६:२८

दुनिया बदल्ने क्षमता राख्छन् यी राशिका मानिसहरु !