आइतबारदेखि सार्वजनिक यातायात सञ्चानलमा आउने कुरा कति सत्य ? यसो भन्छन् यातायात व्यवसायी

 काठमाडौँ – आइतबार अर्थात् असार २१ गते बाट सार्वजनिक यातायात सञ्चालनमा आउने हल्लामा कुनै पनि सत्यता नरहेको यातायात व्यवसायीहरुले बताएका छन्।

सरकारसँग सार्वजनिक यातायात सञ्चालन बारे निरन्तर छलफल भएपनि आइतबारबाटै सञ्चालनमा ल्याउन लागिएको भन्ने कुरामा कुनै सत्यता नरहेको यातायात व्यवसायीहरुको भनाई छ।

शुक्रबार देखि विभिन्न संचार माध्यमहरुमा आइतबारदेखि यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक यातायात माथि लगाएको रोकको अवज्ञा गर्दै सार्वजनिक सवारी सधान सञ्चालनमा ल्याउन लागेको भन्दै समाचार आएका थिए। तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने महासंघको यस्तो कुनै पनि योजना नरहेको बताउँछ।

महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको बताइएको छ।

सरकारले साउन ७ गते सम्मको लागि लकडाउनको घोषणा गरिएको छ। सरकारले घोषणा गरेको लकडाउनलाई अहिले नै अवज्ञ गर्ने आफूहरुको योजना नरहेको महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले बताए।

कोरोना रोकथाप तथा नियन्त्रणमा लागि सरकारले लगभग ४ महिना अगाडी घोषणा गरेको लकडाउनको कारण दैनिक मजदुरी गरीखाने वर्ग अहिले पिडामा छन्। सरकारले जनआवाज उठेपछि लकडाउन खुकुलो बनाएको छ। जससँगै यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्न दिइनुपर्ने माग गर्दै आएका छन्।

ट्याक्सी व्यवसायीले काठमाडौंमा असार १६ देखि धर्ना समेत दिरहेका छन्। दैनिक गुजारा चलाउन गार्हो भएको र बैंकको ऋण तिर्न गार्हो भएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिइनु गर्ने ट्याक्सी व्यवसायीको माग छ।

प्रकाशित : शनिबार, असार २०, २०७७१३:३४

शनिबार पनि श्रम स्वीकृति: आज सत्चालीस जनालाई दिइयो !