काठमाडौँ – सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आवश्यक परे पार्टी फुटाएरै जाने पक्षमा देखिएका छन्। आन्तरिक विवाद चुलिदै जाँदा पनि ओलीले आफ्नो अडान छाडेका छन्। ओलीले आफू अडानबाट थोरै पनि पछि नहट्ने बताइएको छ। पार्टी एकताका लागि केहि लचिलो बन्न पार्टीका नेताहरुले सुझाव दिएपनि ओलीले त्यस्तो छनक देखाएका छैनन्।
शुक्रवार पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा कुनै सहमति जुटन सकेको थिएन । वार्तामा अध्यक्ष ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोडने बताएका थिए। आवश्यक परेको खण्डमा पार्टी विभाजित गर्ने चेतावनी समेत प्रचण्डलाई दिएका थिए। उक्त भनाई सँगै ओली पार्टी फुटाएरै जाने मनस्थितिमा पुगिसकेको बताइएको छ।
स्थायी कमिटीको बैठक स्थगित गरेर दुई अध्यक्षबीच वार्ता गरेर सहमतिको प्रयास गरिएपनि सुखद नतिजा आउन नसक्नुले नेकपाका नेताहरुलाई छटपटी भएको छ। पार्टीका दोस्रो तहका नेताहरु दुवै अध्यक्षलाई लचकता अपनाउन आग्रह गरिरहेका छन्। दोस्रो तहका नेताहरुले एकता जोगाउन दबाव दिएपनि नेकपा भित्रको भाँडभैलो साम्य हुन सकेको छैन।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेताहरु पनि पछि नहट्ने पक्षमा देखिएका छन्। दुवै तर्फबाट लचिलो नबन्ने संकेत मिलेसँगै दोस्रो तहका नेताहरुले एकता कायम राख दिरहेको दबावले पनि खासै प्रभाव पार्न नसकेको देखिएको छ। पार्टी भित्रबाट भएको राजिनामा मागलाई ओलीले घुमाउरो पारामा भारतको षड्यन्त्र भनेपछि विवादले जनै गम्भीर रुप लिएको छ।

