एसईईको अंकमा अभिभावकसँग बार्गेनिङ गर्दै ठूला विद्यालय !

काठमाडौँ – राजधानीलगायत मुलुकका केही ठूला कक्षा सञ्चालन गरेका विद्यालयले अभिभावकसँग बार्नेनिङ गर्न शुरु गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

राजधानीका अधिकांश ठूला विद्यालयले अभिभावकलाई विद्यालयमै बोलाएर आफ्नो विद्यालयमा भर्ना गरे उच्च अंक दिने र नगरे भन्न नसकिने समेत बार्गेनिङ गरेका छन् ।

कोभिड–१९ का कारण नाम चलेका जिरो प्लस टु विद्यालयमा यो वर्ष विद्यार्थी आउने सम्भावना घट्दै गएपछि आफ्नै अभिभावकसँग बार्गेनिङ शुरु गरेका हुन् ।

‘हामीलाई त विद्यालयमै बोलाएर आफ्नै विद्यालयमा कक्षा ११ मा पढ्न आग्रह गर्दै नपढाए कम नम्बर दिने चेतावनी दिएका छन्’ –एक अभिभावकले नेपाल समाचारपत्रसँग भने । भेटका क्रममा ती अभिभावकले आफ्ना छोराछोरीको राम्रो नम्बर आउने भएपछि सोही विद्यालयमा पढाउन राजी भएको बताएका थिए ।

ती विद्यालयले एसईईको नम्बर पठाउनु अघि वक्यौता शुल्कसमेत उठाइसकेका छन् । केही ले त एसईई दिने विद्यार्थीलाई लक्षित गरी ब्रिजकोर्ससमेत शुरु गरेका छन् ।

राम्रो विद्यालयमा नाम निकालिदिने भन्दै करिब ५ हजार रुपियाँ लिएर ब्रिजकोर्स सञ्चालन गरेका विद्यालयले आफ्नै र केही नाम चलेका माविमा भर्ना गराउन विद्यार्थी भेला गर्न थालेका छन् ।

प्रकाशित : आइतबार, असार २१, २०७७०२:२७

पर्यटकलाई अनौठा नियम