काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले स्थायी समिति अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे बनेको बताएका छन्। आइतबार एक ट्वीट गर्दै बाँस्कोटाले पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे कि अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे भनेर प्रश्न गरेका हुन्।
“पार्टी स्थायी समिति विचार, सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखाडो?”,उनले लेखेका छन्,”अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने?” अधिवेशन नगरी अध्यक्ष हटाउन र चुनिएकाे प्रधानमन्त्री हटाउन मिल्छ भन्ने उनको प्रश्न छ।
“डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ,घरमुली हटाउने,त्याेपनि चारपाँचकाे चुम्लुङले? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाकाे सजाय!”,ट्वीट गर्दै बाँस्कोटाले भनेका छन्।
पार्टीभित्रको तिव्र विवादसँगै स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएसँगै पार्टी टुटको सङ्घारमा पुगेपछि बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो।
स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित ३० स्थायी कमिटी सदस्यले ओलीको राजिनामा माग गरेका छन्। पार्टी भित्रबाट राजिनामा माग भएपनि ओलीले कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पारिसकेका छन्।
आवश्यक परे पार्टी फुटाउन पनि ओली पछि नहट्ने अवस्थाजको शिर्जना भएसँगै पार्टीका दोस्रो तहका नेताहरु विवाद साम्य पार्न सक्रिय भइरहेका छन।
पार्टी स्थायी समिति विचार,सङ्गठनकाे मियाे कि अस्थिरता,प्रतिशाेध साध्ने अखाडाे?अधिवेशन नगर्ने अध्यक्ष हटाउने,चुनिएकाे प्रधानमन्त्री काेटरीले हटाउने?डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ,घरमुली हटाउने,त्याेपनि चारपाँचकाे चुम्लुङले? नाकाबन्दी नटेर्दा,चुच्चे नक्शा निकाल्दाकाे सजाय!
— Gokul Prasad Baskota (@GokulPBaskota) July 5, 2020