संसारको हरेक मानिस यो चाहन्छ कि उसँग सबै सुखसयल होस् र उसँग यति पैसा होस् कि उसको सबै इच्छा पुरा होस् | यसको लागि सबै निकै प्रयत्न गर्छन् र निकै मिहेनत गर्छन् | तर कोइ मानिसले जति कोशिश गरेपनि सफलता पाउन असमर्थ हुन्छन् र उनीहरु अन्तत वास्तु शास्त्रमा विश्वास गर्न थाल्छन् |

धेरै व्यक्तिहरू त धनको बृद्धिका लागि आफ्नो घरमा मनी प्लान्ट रोप्दछन्, तर क्रासुला ट्री लाई मनी प्लान्ट भन्दा पनि लाभदायक मानिन्छ। क्रासुलालाई मनी ट्री पनि भनिन्छ | फेंग्शुईमा यसको ठूलो महत्व छ। मानिन्छ कि यो विरुवा यति चमत्कारिक हुन्छ कि यसले धन आकर्षित गर्छ | यो सानो मखमल गाढा हरियो रंगको बोट हुन्छ। यसको पात ठुला ठुला र फराकिलो पनि हुन्छन् |

यो बोटलाई हुर्काउन धेरै मिहेनत पनि गर्नु आवश्यक पर्दैन | यसको विरुवा लेराएर गमला अथवा कहिँ पनि जमिनमा रोप्न सकिन्छ | थोरै मलजल गरेपछि यो आफैँ बिस्तारै बिस्तारै बढ्दै जान्छ | यसलाई पारिलो अथवा सितल ठाउँ जहाँ पनि लगाउन सकिन्छ |
यसलाई घरको मूल ढोकाको दायाँ तर्फ लगाउनु शुभ मानिन्छ | भनिन्छ कि यसले सकारात्मक उर्जा र धन आकर्षित गर्छ |
