स्वास्थको लागि स्याउ निकै लाभदायक मानिन्छ | स्याउको सेवनले हाम्रो शरीरले अनेक थरिका भिटामिन प्राप्त गर्छ | तर हामी कतिपय स्याउ गलत समय वा स्याउको साथ अरु चिजको पनि सेवन गर्ने गर्छौं , जसले हाम्रो स्वास्थमा नकारात्मक असर पार्न सक्छ | गलत समय वा गलत तरिकाले स्याउको सेवन गर्नु स्वास्थको लागि हानिकारक हुनसक्छ |
छाला सम्बन्धि समस्या

स्याउको सेवन गरेपछि मूला गल्तीले पनि खानु हुँदैन | यसले गर्दा हाम्रो छालामा असर पर्नसक्छ | स्याउ र मूला दुवै चिसो खानेकुरा भएकोले यिनीहरु एकै साथ सेवन गर्दा पेट पनि खराब हुनसक्छ | त्यस्तै, स्याउ र मूलाको इन्जाइम्स मिलेर नकारात्मक असर गर्नसक्छ |
चिसो र खोकीको समस्या

स्याउको साथ दहि सेवन गर्नाले नकारात्मक असर गर्न सक्छ | स्याउ खाएको दुई घण्टापछि मात्र दहि खानु उचित हुन्छ | दुबै चिज चिसो हुने भएकोले एकैपल्ट सेवन गर्दा चिसो, रुघा खोकी लाग्ने सम्भावना हुन्छ |
चाउरीपना

स्याउ खाएको लगत्तै पानी पिउनु हुँदैन | किनभने यसको सिधा असर तपाईंको पी.एच लेभलमा पर्छ | जसको कारण तपाईंलाई चाउरीपनाको समस्या देखा पर्न सक्छ | त्यस्तै, स्याउ खाएको लगत्तै पानी पिउनाले पेट फुल्ने, अपच, कब्जियत जस्ता समस्या पनि आउन सक्छ |
कब्जियतको समस्या

स्याउ खाएपछि तुरुन्तै अचार वा कागती पानीको पनि सेवन गर्नु हुँदैन | किनभने यसले ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्या निम्त्याउन सक्छ।
पाचन प्रणालीमा समस्या
स्याउको सेवन लगत्तै दुध पिउनु पनि ठिक हुँदैन | यसले गर्दा पेटमा दुध खराब हुनसक्छ , जसले गर्दा पाचन प्रणालीमा असर गर्छ |

