महिनावारीको समयमा प्राय: महिलाहरु निकै चिन्तित रहन्छन् | यो समयमा टाउको दुख्ने, पेट दुख्ने, शरीर दुख्ने, रगत बग्ने, निन्द्रा नलाग्ने जस्ता समस्या देखा पर्छ | यसले गर्दा महिलाहरुको दैनिकीमा असर पुग्छ | तर सहि जानकारीको कमिले कतिपय महिला यो समयमा प्याड, खानपिन, पेनकि-लर सम्बन्धि गल्ति गर्छन् जसको सिधा सिधा असर उनीहरुको स्वास्थमा पर्न जान्छ | यस्तोमा महिलाहरु धेरै चिजबाट बच्न जरूरी हुन्छ |
पेनकि-लर
महिनावारीको समयमा हुने पीडाको कारण कतिपय महिलाहरु दुखाई कम गर्न पेनकि-लर लिन्छन् | तर एस्तो गर्नाले स्वास्थमा निकै असर पार्छ | एक अध्ययनका अनुसार महिनावारी भएको बेला लिएको पेनकि-लरले महिलाको शरीरमा रहेका लाभदायक ब्याक्टेरिया खत्तम गर्छ | यसले गर्दा महिलाहरुमा हृदयघात, अल्सर, किड्नी,कलेजो सम्बन्धि गम्भीर समस्या निम्त्याउछ |
परफ्युम
कतिपय महिला महिनावारीको समयमा रगतबाट आउने दुर्गन्ध हटाउन परफ्युमको प्रयोग गर्छन् | तर एस्तो गर्नाले यीस्ट इन्फेक्सनका साथै अरु पनि थुप्रै इन्फेक्सन हुने खतरा हुन्छ | परफ्युममा सिन्थेटिक र अरु थुप्रै केमिकल हुने भएकोले यस्तो हुने खतरा उच्चा हुन्छ |
खाना
महिनावारीको समयमा सबैभन्दा आवश्यक हुन्छ पर्याप्त भोजन | यो समयमा कुनै पनि कारण खाना नखानु स्वास्थको लागि हानिकारक हुन्छ | यो समय शरीर निकै कम्जोर हुन्छ , त्यसैले सन्तुलित र पर्याप्त भोजन निकै आवश्यक हुन्छ |
प्याडको उचित प्रयोग
महिनावारीको बेला प्याडको उचित प्रयोग सबैभन्दा जरूरी कुरा हो | सबै महिलाले यो कुरा पनि जानिराख्नु पर्छ कि प्रत्यक ३-३ घण्टामा प्याड फेर्नुपर्छ | यसले गर्दा कुनै पनि प्रकारको संक्रमणबाट बच्न सकिन्छ | यस्तै, यसो गर्दा स्मेलको समस्या पनि हुँदैन |
रेयन कटनप्याडको प्रयोग
महिनावारीको समय महिलाले प्रयोग गर्ने प्राय: प्याड रेयन कटनबाट बनेको हुन्छ | यसमा यो कुरा थाहा पाउनुहोस् कि यसमा हानिकारक केमिकल र पेस्टीसाइडको प्रयोग गरिएको हुन्छ | यसले गर्दा यसको प्याडको प्रयोगले महिलाको प्रजनन शक्तिमा असर गर्छ | त्यसैले, महिनावारीको समय अर्गानिक कटनको प्याडको प्रयोग गर्न जरूरी छ |
असुरक्षित सम्बन्ध
प्राय: महिलाको यो लाग्छ कि महिनावारीको समयमा राखको शारीरिक सम्बन्धले उनीहरु गर्भवती हुँदैनन् | तर यो गलत हो | यो समयमा पनि गर्भ बस्ने पूरा सम्भावना हुन्छ | यस बाहेक संक्रमणबाट बच्नको लागि पनि यो समय शारीरिक सम्बन्ध नरहेकोनै राम्रो हुन्छ |