काठमाडौँ उपत्यकामा ३० कोरोना संक्रमित थपिए !

काठमाडौँ – आइतबार काठमाडौँ उपत्यकामा ३० जनामा कोरोनाको पुष्टि भएको छ।

उपत्यकाका तीनै जिल्लामा ३० जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथ्य जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौँमा २७, ललितपुरका २, भक्तपुरका १ जना गरी ३० जनामा कोरोनाको पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौँका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको उनले जनाए।

यस्तै आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताए। यस पुष्टि सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

बितेको २४ घण्टामा नेपालमा १ सय ३२ जना कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। जससँगै नेपालमा कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ।

प्रकाशित : आइतबार, असार २१, २०७७१०:५९

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरुङमा पानी हालियो !