कपूर प्रयोग गरेर यसरी हटाउनुहोस् डण्डीफोर र कपालको चायाँ !

हरेक पूजा-पाठमा प्रयोग हुने कपूर, पूजा पाठको अलावा तपाईंको सुन्दरता बढाउन र कायम राख्न पनि निकै लाभदयाक हुन्छ | कपूर कपाल झर्ने समस्याका साथै डण्डीफोरको समस्या हटाउन पनि मद्दतगार हुन्छ | यसका साथै यसका अरु पनि थुप्रै फाइदा छन् |

कपूरमा एन्टी-इन्फ्लेमेटरी तत्वहरू हुन्छन् जसले तपाईंको अनुहारबाट डण्डीफोरको समस्या हटाउन मद्दत गर्दछ | यसका साथै कपूरले अनुहारमा हुने जलन र सूजनबाट पनि राहत दिन्छ। तपाईंको अनुहारको प्रभावित क्षेत्रमा गुलाब पानीको साथ कपूर प्रयोग गर्नाले तपाईंको अनुहारमा खटिराको समस्या पनि समाप्त गर्दछ।

धेरै मानिसहरु लाई खुट्टा दुख्ने समस्या हुन्छ। रातमा सुत्नु अघि तपाईंको खुट्टामा कपूर र बदामको तेल लगाउनुहोस्। त्यस पछि बिहान उठ्नुहोस् र आफ्नो खुट्टा मन तातो पानीले धुनुहोस्। यो गर्नाले तपाईंको खुट्टालाई आराम मिल्नेछ।

कपूर कपाल झर्ने समस्यामा पनि धेरै मद्दतगार हुन्छ। कपालमा कपूर प्रयोग गर्नाले कपाललाई  शक्ति दिन्छ साथै कपाल झर्ने  समस्याबाट पनि मुक्ति दिन्छ। कपालमा कपूर प्रयोग गर्दा कपाल चमकदार हुन्छ। नरिवलको तेलमा कपूर मिसाएर टाउकोमा हप्तामा दुईपल्ट प्रयोग गर्दा कपाल चम्किलो र बाक्लो हुन्छ।  हरेक रात  सुत्नु अघि काँचो दुधमा कपूर मिलाएर प्रयोग गर्दा कपाल चमकदार हुन्छ।

कपूरले चायाँको समस्या पनि हटाउँछ। हप्तामा दुई पटक नरिवलको तेलमा कपूर मिसाएर सुत्नु अघि कपालमा मालिश गर्नुहोस्। यो गर्नाले तपाईंको टाउकोबाट चायाँ कम हुनेछ।

प्रकाशित : आइतबार, असार २१, २०७७१३:५९

महले दिलाउँछ यस्ता समस्या देखि छुटकारा !