एस्टन भिल्लामाथि लिभरपुलको सहज जित !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिग च्याम्पियन लिभरपुलले एस्टन भिल्लामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले भिल्लामाथि २–० को सहज जित निकालेको हो ।

लिभरपुलको जितमा साडियो माने र कर्टिस जोन्सले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । एनफिल्डमा खेलको शुरुवातदेखि नै घरेलु टोलीले एस्टन भिल्लालाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ७१औं मिनेटमा नावी केइटाको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

कर्टिस जोन्सले मैदान छिरेको पाँच मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । उनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए । कर्टिस ८५औं मिनेटमा नावी केइटाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

कीर्तिमानतिर अग्रसर लिभरपुलले जितसँगै दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २३ अंकले पछि पारेको छ । लिभरपुलको ३३ खेलबाट ८९ अंक पुगेको छ । सिटीको ६६ अंक छ । पराजित एस्टन भिल्ला २७ अंक जोडेर रेलिगेसनको १८औं स्थानमा यथावत छ ।

१ सय अंक जोड्दै सिटीको कीर्तिमान बराबरी गर्ने दाउमा रहेको लिभरपुललाई अब पाँच खेलको सम्भावित १५ मध्ये ११ अंकको आवश्यकता छ । सिटीले २०१७–१८ को सिजनमा १०० अंकको आँकडा पार गर्दै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १९ अंकले पछि पार्दै उपाधि जितेको थियो ।

प्रकाशित : सोमबार, असार २२, २०७७०४:४७

‘भीएआरका कारण रियल म्याड्रिड च्याम्पियन हुने भयो’