काठमाडौँ – मास्क नलगाई हिड्नेलाई अब कारवाही गरिने भएको छ। प्रहरीले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरेर कारवाही गर्ने भएको हो।
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बताइएको छ। गृह मन्त्रालय श्रोतका अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुनेछ।
यस एन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ। भने यस संक्रमण रोक्न खटिएका अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
कोरोना भाइरस संक्रमणको जोखिम कम भइनसकेको हुँदा लकडाउन जारी नै रहेको र जनस्तरबाट लापरवाही गरेको पाइएसँगै सरकारले मास्क अनिवार्य गरेको गृहमन्त्रालयले जनाएको छ।

