काठमाडौँ – सोमबार काठमाडौँ उपत्यकामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। सोमबार अहिले सम्मकै बढी ५४ जना कोरोना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकाका तीनै जिल्लामा ५४ जना संक्रमित थपिएको जानकारी दिए।

उनका अनुसार सोमबार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित थपिएका छन्। पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ।

यस्तै सोमबार देशभर १८० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । बितेको २४ घण्टामा २६४ जना निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।

