नेपालमा ४२ प्रतिशत भन्दा बढी संक्रमित कोरोना जितेर भएर घर फर्किए !

काठमाडौँ – नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव सात प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको बताए। कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । आजसम्म कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।

प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार २२२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ रहेको छ ।

त्यसैगरी ५७ दशमलव एक प्रतिशत अर्थात नौ हजार ११८ आइसोलेशनमा रहेका उनको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा २३ प्रयोगशालामा चार हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए। क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ ।

मन्त्रालयको दुई कल सेन्टरबाट ७४१ फोन प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार ३०० छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार २९ छ । आज मात्रै २९ जनाले इन्ट्री गर्नुभएको छ । त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१९ छ । त्यसमध्ये आज एकजना ललितपुरका हुनुहुन्छ ।

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या उल्लेखीय छ भने भाइबर गु्रप प्रयोगकर्ता तीन लाख ९७ हजार ६२३ रहेका छन् । देशभरमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : सोमबार, असार २२, २०७७१३:२३

नमस्कार गर्दा बाबुरामलाई नमस्कार फर्काउँदैनन् ओली, देखादेख नभएको पनि महिनौं भएछ !