करिनाले प्रेमीका लागि जब यी नायकको करियरनै बर्बाद गरिदिएकी थिइन् !

एजेन्सी । बलिउडका चर्चित निर्देशक इम्तियाज अली सुपर फिल्म ‘जब वी मेट’ मा करिना कपूर र शाहित कपूरको जोडीको चर्चा अहिले पनि हुने गर्छ। तर, चलचित्र निर्माण युनिटको पहिलो रोजाई शहित कपूर भने थिएनन्। शहितको स्थानमा पहिले बवी देवललाई पक्का गरीएको थियो।

यसबारे बवी देवलले एक अन्तर्वार्ताका क्रममा खुलाशा गरेका छन्। उकित फिल्ममा सुरुदेखि नै निश्चित भैसकेकी नायिका करिनाले उक्त फिल्ममा शहितको नाम शिफारिस गरेपछि बवीको ठाउँमा शहितलाई राखिएको बवीले बताए।

बबी देओल इम्तियाज अलीका फ्यान थिए। त्यसैकारण पनि उनी अलिको फिल्ममा अनुबन्धित हुन् पनि चाहान्थे। उनले बाटै अनुसार जब उनले इम्तियाजको फिल्म ‘सोचा ना था’ हेरे तबदेखि इम्तियाजको ठूलो फ्यान बनेका थिए ।

‘जब वी मेट’ फिल्म जतिबेला बवी बवीले गर्न चाहेका थिए तब उक्त फिल्मको नाम एउटा ‘गीत’ रहेको थियो । यस फिल्मका लागि बबीले इम्तियाज अलीसँग र फिल्मको प्रोडक्शन हाउस अष्टविनायकसँग आफुले काम गर्न चाहेको कुरा राखेका थिए ।

यद्यपी, प्रोडक्शन हाउसले छि यसलाई महँगो फिल्म बताउँदै बनाउन नसकिने कुरा बवीलाई जानकारी दिएको थियो ।

त्यसपछि करिब ६ महिनापछि बबीलाई त्यतिबेला झट्का लाग्यो जब उक्त फिल्म ‘जब वी मेट’ को नामबाट सुरु भयो र उनको स्थानमा करिनाका पूर्व प्रेमी साहिद कपुरलाई छानिसकिएको थाहा भयो । बबी देओललाई अझै पनि लाग्छ कि यदि करिनाले उनको करियर बर्बाद नगरेको भए आज उनको स्थान अर्कै मोडमा हुने थियो ।

स्मरण रहोस्, बबी र करिना फिल्म ‘अजनबी’ (सन् २००१) मा सँगै काम गरिसकेका छन् । यद्यपी, उनीहरुलाई सन् २००५ मा पनि फिल्म ‘दोस्ती’ नामक फिल्ममा सँगै देखियो यद्यपी यसमा उनीहरुलाई जोडीको रुपमा भने प्रस्तुत गरिएको थिएन।

प्रकाशित : सोमबार, असार २२, २०७७१४:१४

यी १० चर्चित नायिका फसेका थिए एमएमएस स्क्यान्डलमा !