नारीहरुले मेहदी खसबै लगाउँछन् । तर कसैको गाढा लाग्छ भने कसैको फिक्का लाग्ने गर्छ । फिक्का लागेकाहरुलाई गाढा लागेको भए हुन्थ्यो भन्ने ईच्छ्या हुन्छ । तर गाढा मेहदी कसी लगाउने त ? यहाँ ब्युटिसियन सम्झना सुब्बा शर्माले गाढा मेहदी लगाउने तरिकाबारे उल्लेख गरेकी छिन् ।

–मेहदी लगाउनुअघि तेल लगाउनुपर्छ । मेहदीअघि लगाउने तेल बजारमा उपलब्ध हुन्छ ।
–तेल जुन भागमा मेहदी लगाउने हो, त्यही भागमा लगाएर मालिस गर्नुपर्छ । र, तेल सुकेपछि मात्र मेहदी लगाउनुपर्छ ।
–मेहदी सुक्न लागेपछि चिनी र कागतीको रसको मिश्रण कपडाको सहायता लिई माथिबाट लगाउनुपर्छ ।
–त्यो पनि सुकेपछि बिस्तारै उप्काएर फाल्नुपर्छ ।
–हातमा तोरीको तेल लगाएर हल्का मसाज गर्दा राम्रो हुन्छ । यसो गर्नाले मेहदी गाढा हुने मात्र नभएर छोटो समयमा रङ उक्किएर जाने सम्भावना पनि निकै कम हुन्छ ।
लगाउँदा यी कुरा ध्यान दिनस्

–छालासम्बन्धी एलर्जी भएमा मेहदी नलगाउँदै बेस हुन्छ ।
–हातमा घाउ तथा चोट छ भने पनि लगाउनु हुँदैन । मेहदीले संक्रमण बढाउने सम्भावना प्रबल हुन्छ ।

