हाम्रो शरीरका विभिन्न अंगहरुका फरक फरक काम हुन्छन् । यी मध्ये केही अंगहरु यस्ता हुन्छन् कि त्यसलाई यदी शरीरबाट निकाल्ने हो भने पनि हामी सजिलै बाँच्न सक्छौं । पत्याउन गाह्रो हुने तर वास्तविक, शरीरका तिनै अंगको बारेमा यहाँ चर्चा गरेका छौं ।
पिट्युटरी ग्ल्याण्ड
हाम्रो मस्तिष्कको तल्लो भागमा पिट्युटरी ग्ल्याण्ड रहेको हुन्छ । यदी ब्रेन ट्युमर भयो भने पिट्युटरी ग्ल्याण्ड सहित अप्रेशन गरेर निकालिन्छ । यो बिना हामी बाँच्न सक्छौ ।
टन्सिल
मुखभित्र बंगारा नजिकै रहन्छ यो । यदि यसको कारण मुखमा इन्फेक्सन भयो भने टन्सिललाई शरीरबाट अलग गर्नुपर्ने हुन्छ । जसले शरीरलाई कुनै असर गर्दैन ।
पाठ्यघर
पाठ्यघरको क्यान्सर लागेमा यसलाई अप्रेसन गरेर फालिन्छ । पाठ्यघर विना पनि महिला सजिलै बाँचिरहेका हुन्छन् ।
मृगौला
मृगौला शरीरको लागि एकदमै महत्वपुर्ण हुन्छ तर यो शरीरमा २ वटा हुन्छन् । यदी एउटाले काम गरेन भने यसको अप्रेसन गरेर फालिन्छ । यो बिना पनि हामी सजिलै बाँच्न सक्छौ ।
फोक्सो
कुनै गम्भिर रोग तथा क्यान्सर लागेमा फोक्सोको अप्रेसन गरेर निकालिन्छ । यसविना पनि हामी बाँच्न सक्छौ ।
एपेन्डिक्स
यो हाम्रो शरीरभित्र रहेको ठुलो आन्द्रा हो । पत्थरी तथा अल्सर जस्ता रोग लागेमा यसलाई हाम्रो शरीरबाट निकालिन्छ । यो बिना पनि हामी सामान्य रुपमा बाँच्न सक्छौ ।
थाइर्वाइड ग्ल्याण्ड
थाइर्वाइड ग्ल्याण्डमा ट्युमर, ओभर वा अण्डर एक्टिभ भयो भने थाइर्वाइड ग्ल्याण्ड शरीरबाट निकालिन्छ ।
साइनस
यो हाम्रो शरिरमा खासै महत्वपुर्ण मानिदैन । साइनसलाई शरिरबाट अलग गरियो भने पनि हामी बाँच्न सक्छौ ।
ओभरी
महिलाको पाठ्यघरमा हुने ओभरीमा क्यान्सर वा गम्भिर रोग लाग्यो भने अप्रेसन गरेर शरीरबाट निकालिन्छ । र पनि महिलाले सामान्य जिवन बाँचिरहेका हुन्छन् ।
इयरलोव्स
यो एउटा मांशपेशी हो । यसले कान हल्लाउनमा मदत गर्दछ । हाम्रो शरीरलाई यसको खासै आवश्यकता पर्दैन ।
एजेन्सीको सहयोगमा

