रातको समयमा नगर्नुहोस् यि ६ चिजको सेवन, अन्यथा पर्नेछ स्वास्थ्यमा गम्भीर असर !

एजेन्सी, हामी सबैलाई राम्रैसंग थाहा छ कि ढिला रातमा खानेकुरा खाँदा तौल बढ्नुको साथ साथै अनिन्द्रा र स्वास्थ्य सम्बन्धि निकै समस्याहरुको खतरा हुन्छ । तर फेरी पनि आजकल धेरै मानिस राति ढिला सम्म केहि न केहि खाई रहन्छन् । हरेक खानाको आ-आफ्नै विशेषता हुन्छ । तर के कुरा कति खेर खाने यस बारे ध्यान राख्नु आवश्यक हुन्छ । किनकी केहि चिज यस्ता हुन्छन् जे खाँदा हाम्रो स्वास्थ्य र निन्द्रा दुवैमा नराम्रो असर पर्दछ । हामी तपाइँलाई केहि यस्ता चिजको बारेमा बताउछौँ जुन रातको समयमा खान हुँदैन ।

रातको समयमा यि ६ चिजको सेवन नगर्नुहोला:

फ्रेन्च फ़्राइज

तारिएको आलु सबैलाई मनपर्छ तर यो तपाइँको निन्द्रा र स्वास्थ्यको लागि पक्कै पनि राम्रो हुँदैन । रातको समयमा फ्रेन्च फ़्राइज र आलुको चिप्सको सेवन गर्नबाट बच्नुहोस् । यसको सेवनले स्वास्थ्य सम्बन्धि समस्या ल्याउनुको साथै निन्द्रा खराब हुन्छ ।

चिया

सुत्नु अघि चियाको मिठो चुस्की लिनु निश्चित रुपले सुखद लाग्दछ तर यसबाट बच्ने कोशिस  गर्नुहोस् । चाहे ब्ल्याक टि होस् या ग्रीन टि सबैमा क्याफिन हुन्छ जसले तपाईको निन्द्रामा बाधा ल्याउन सक्छ ।

आइसक्रिम

रातको चिसोमा मनपर्ने फ्लेवर वाला आइसक्रिमको आनन्द लिन को चहादैन र ? तर आइसक्रिममा फ्याट हुन्छ र अबेर रातमा खाँदा एसिडिटी हुन सक्छ ।

पिज्जा 

अबेर रातमा स्न्याक्सको नाममा पिज्जाको सेवन सुन्दा निकै राम्रो लाग्दछ तर यसको अर्डर दिनु अघि सावधान हुनुहोस् । पिज्जामा भारी मात्रामा फ्याट हुन्छ जुन तपाइँको पाचन तन्त्रको लागि समस्या बन्न सक्छ ।

चकलेट

प्राय मानिस चकलेट खानका शोखिन हुन्छ तर यसलाई रातमा खानु राम्रो हुन्न । वास्तवमा चकलेटमा क्याफिनको मात्रा हुन्छ जुन तपाइँको निन्द्रामा ठुलो वाधा बन्न सक्छ ।

सोडा ड्रिंक

सोडा ड्रिंक्समा कुनै पनि पोशक तत्व हुँदैन र यो क्यालोरीले भरिपुर्ण हुन्छ । यसको पानिले स्वास्थ्यलाई हानी पुर्याउन सक्दछ साथमा तपाइँराम्रो संग सुत्न पनि सक्नु हुँदैन ।

प्रकाशित : सोमबार, असार २२, २०७७१५:११

कतै तपाइले राति सुत्दा यस्ता गल्ति त गर्नुहुन्न ?