‘राजेश दिपक-दिपा जस्तो आफैं लगानी गरेर आएका होइनन्, सक्छौ भने राजेश जति टिकेर देखाउ’

काठमाडौँ – हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई लिएर दिएको अभिव्यक्ति अहिले चर्चामा छ।

एक अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गर्दा निरौलाको चर्को आलोचना मात्र नभई ट्रोल पनि भइरहेको छ। यस विषयलाई लिएर उनले माफी पनि मागीसकिन्। तर, पनि उनको आलोचना रोकिएको छैन। यस विषयमा विभिन्न कलाकारहरुले पनि प्रतिक्रिया जनाइरहेका छन्।

यसै बीच चर्चित कलाकार राजेन्द्र खड्गी राजेश हमालकै कारण कुनै एक समय चलचित्र हिट हुने गरेको उल्लेख गर्दै हमाल नेपाली चलचित्र क्षेत्रको महानायक नै भएको दावी गर्छन्।

“२५ वर्षमा २-३ सय चलचित्रमा राजेशले काम गरे। जसमा डेढसय-दुईसय चलचित्रका निर्माताले राम्रै नाफा कमाए। नेपाली जनताले २५ वर्ष सम्म राजेश हमाललाई पत्याए, माया गरे।”,उनी भन्छन्,”कुनै एक समयमा राजेश हमालको टाउको राखेको भरमा चलचित्र चल्थ्यो, दिपाको राखेर त चल्दैन। की चल्छ? धेरै त नभनौं, १५ वर्ष त राजेश हमाल र राजेन्द्र खड्गीको एक्सन भनेर चलचित्र चल्थ्यो। दर्शकले त्यति माया गर्थे।”

यसरी नेपाली जनताले माया गरेर राजेश हमाललाई महानायकको उपादी दिन्छन् भने कसैको टाउको दुख्नु बेकार हुने उनको तर्क छ। दर्शकले माया गरेर महानायक भन्छन् भने कसैलाई समस्या हुन नपर्ने उनी बताउँछन्।

“राजेश हमालले आफैं पैसा हालेर चलचित्र बनाएका छैनन्। तर, दिपाले आफैं पैसा हालेर चलचित्र बनाउँछिन्। आफैं लगानी गरेर चलचित्रमा आएको र उनलाई महानायक भनिएको भए दिपाले भनेको कुरा ठीक हुन्थ्यो। यधपी राजेशको विषयमा त्यो छैन।”, खड्गी भन्छन्।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७०८:३९

भोलिदेखि चार दिन वर्षकै धेरै पानी पर्ने, सतर्क रहन आग्रह !