कतिपय मानिस पैसा भएर पनि खर्च गर्न निकै कन्जुसी गर्छन् | त्यस्तै, कतिपय मानिस आफुसँग जति पैसा भयो सबै खर्च गर्ने स्वभावका हुन्छन् | ज्योतिषशास्त्रका अनुसार यी ५ राशिका मानिस खर्च गर्न अरुभन्दा अगाडि हुन्छन् | जति पैसा भएपनि उडाउने प्रवित्तिका हुन्छन् |
मेष राशि
मेष राशिका व्यक्ति अरुभन्दा सुखमय र आलिसान जिन्दगी बिताउन मन पराउँछन् | त्यसैले, यिनीहरु आफ्नो जीवन तडक-भाडक गरि जिउनका लागि निकै खर्च गर्छन् | धेरै जसो पैसा यिनीहरु यसैगरी खर्च गर्छन् |
मिथुन राशि
मिथुन राशि भएका व्यक्तिलाई फेशनको धेरै नै सोख हुन्छ | यसैका लागि यिनीहरु जति पनि खर्च गर्न तयार हुन्छन् | महँगा महँगा लुगा र सामानले यिनीहरुको ध्यान छिटै आकर्षित गर्छ | त्यस्तै, मिठो मिठो र थरि थरिका खानेकुराको पनि सोख राख्ने भएकाले यिनीहरु निकै खर्च गर्छन् |
सिंह राशि
यिनीहरुलाई खासै केहि विशेष कुराको सोख नभएता पनि यिनीहरु अरुभन्दा राम्रो र आकर्षित देखिन चाहन्छन् | त्यसको लागि यिनीहरु पैसा जति पनि खर्च गर्न तयार हुन्छन् | तर सिंह राशिका व्यक्ति आफुले खर्च गर्नुभन्दा पहिला त्यसमा लाभ खोज्ने गर्छन् | आफुलाई लाभ नहुने क्षेत्रमा भने खर्च गर्दैनन् |
धनु राशि
यिनीहरु आफ्नो मनलाई शान्ति प्राप्त हुने ठाउँमा पैसाको खोलो बगाउन पनि तयार हुन्छन् | धनु राशिका मानिसलाई विभिन्न ठाउँ घुम्ने सोख हुन्छ | त्यसैमा यिनीहरु अधिकतम खर्च गर्ने गर्छन् |
मीन राशि
मीन राशिका व्यक्ति महँगा महँगा समानहरु खरिद नगरेपनि यिनीहरुलाई धेरै चिजको सोख राख्ने भएकाले धेरै नै खर्च गर्छन् | यात्रा गर्न यिनीहरुलाई खुब मन लाग्छ र आफु अरु भन्दा राम्रो र आकर्षित देखिन अत्यधिक खर्च गर्छन् |