काठमाडौँ उपत्यकामा थपिए २८ कोरोना संक्रमित !

काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकामा २८ कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका तीनै जिल्लामा गरी थप जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ भने टन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ।

यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका ६ सय ८८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ। नेपालमा अहिले सम्म ४६ दशमलभ ४ प्रतिशत संक्रमित निको भैसकेका छन्।

हाल सम्म नेपालमा २ लाख ६१ हजार १ सय ६१ पिसिआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार १ सय ३३ पिसिआर परीक्षण भएको छ।

नयाँ अपडेट अनुसार देशका विभिन्न क्वारेन्टाइनमा २५ हजार ७ सय २७ जना रहेको र आइसोलेसनमा ८ हजार ६ सय २४ जना रहेका छन्।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१०:४७

खुशीको खबर: नेपालका यी चार जिल्ला कोरोना मुक्त भए !