सावधान ! तपाईमा भएका यस्ता रोग तपाईको आउने पिढीमा पनि देखिन सक्छ !

हामीलाई खुसिमय र सुखी जीवन बिताउनको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो स्वस्थ शरीर र स्वस्थ मस्तिष्क | यसको लागि  उचित खानपान, सन्तुलित आहार र व्यायामको आवश्यक पर्छ। मानिस शरीरलाई रोगले छिटै आक्रमण गर्छ | यस्तोमा कुनै बिमारी उपचार गरेपछि पुरै  निको हुन्छ | तर केहि यस्ता रोग पनि हुन्छन् जसले मानिसलाई जीवनभर मात्र हैन आउने पुस्तालाई पनि सताउँछ |

डीप भेन थ्रोम्बोसिस

डीवीटी अर्थात् डीप भेन थ्रोम्बोसिस, जुन रोगमा नासाको एक कुनामा रगत जम्छ। जब कुनै व्यक्तिको रगत अत्याधिक गाढा हुन्छ, यस्तो समस्या देखा पर्छ, यसले मुख्य रूपमा फिलामा वा वरपरका क्षेत्रहरूमा असर गर्छ।

मल्टीपल स्केलेरोसिस

 मस्तिष्कका रोग प्रतिरोधात्मक क्षमता सामान्य राख्ने कोषहरू बिग्रियो भने यो रोगको जन्म हुन्छ। यो समस्याले मस्तिष्क, स्पाइनल कर्ड र आँखाका नसाहरूमा असर गर्छ।

मधुमेह 

मधुमेह यस्तो बिमारी हो जसमा मानिसको रगतमा  चिनीको स्तर अत्यधिक रूपमा बढ्छ | मानव शरीरमा उत्पादन हुने  इन्सुलिन  हर्मोनले यस स्तरलाई सन्तुलनमा राख्ने प्रयास गर्दछ।  तर टाइप १ मधुमेहले इन्सुलिन उत्पादन रोक्छ।

पार्किन्सन रोग

पार्किन्सन रोगले दिमागमा रहेका स्नायु कोषहरूलाई असर गर्छ जसले डोपामाइन रसायनिक बनाउँछ। यस कारणले, शरीरका विभिन्न अंगहरू कम्पन हुन थाल्छन् र तिनीहरू स्थिर हुन सक्षम हुँदैनन्।

थ्यालेसीमिया 

यस रोगले शरीरमा हेमोग्लोबिनको निर्माणमा असर गर्छ। यो रोगले  बाल्यावस्थादेखि नै शरीरमा रगतको ठूलो अभाव गराउँछ। त्यसैको कारण छोटो छोटो समयमा शरीरमा नयाँ रगत चडाउन जरूरी हुन्छ |

सिस्टिक फाइब्रोसिस

यो एक प्रकारको आनुवंशिक रोग हो जसले शरीरको विभिन्न भागहरूलाई असर गर्छ जस्तै; कलेजो, अण्डाशय, मूत्राशय , जननेंद्रिय ,पसीना ग्रंथिहरू आदि । यस रोगबाट प्रभावित मानिसहरू तुलनात्मक रूपमा युवा हुन्छन् ।

हेमोफिलिया

यो यस्तो समस्या हो जसमा सानो भन्दा सानो घाउबाट पनि रगत  बग्न बन्द हुँदैन वा स्थिर हुँदैन। यदि यो समस्या भएका व्यक्तिलाई चोट लाग्यो वा दुर्घटनामा घाइते भए भने उनीहरुको जीवन खतरामा पनि पर्न सक्छ।

डाउन सिन्ड्रोम

यो रोग बच्चाहरुमा देखा पर्छ जसमा उनीहरुको शारीरिक र मानसिक विकास निकै सुस्त हुन्छ |

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१५:४१

कब्जियतले सतायो ? यी ५ उपाय अपनाउनुस् !