उपत्यकामा संक्रमितको संख्या २ सय ६६, २३ फरक-फरक ठाउँमा देखियो ! कहाँ-कहाँ? [सूचीसहित]

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ६६ पुगेको छ। मंगलबार २८ जनामा कोरोनाको पुष्टि भएसँगै उपत्यकामा संक्रमितको संख्या २ सय ६७ जना पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका १४, ललितपुरका १०, भक्तपुरका चार जना कोरोना पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा १ सय ७४, भक्तपुरमा ४३ र ललितपुरमा ४९ पुगेको छ।

उपत्यकामा कोरोनाको पुष्टि भएकाहरुमा धेरै जस्तो विदेशबाट आएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विदेशबाट उद्धार उडानमार्फत् नेपाल आएका ७९ जनामा कोरोना पुष्टि भएका छन्। जस मध्ये धेरै जस्तो कुवेत, साउदी र माल्दिभ्सबाट आएका छन्।

अहिलेसम्म विदेशबाट उद्धार उडानमार्फत् १७ हजार भन्दा बढी मानिस आइपुगेका छन्। जसमा ३५ प्रतिशतको मात्र कोरोना परी क्षण भएको बताइएको छ।

अहिलेसम्म काठमाडौँ उपत्यकाको २३ ठाउँमा कोरोनाको पुष्टि भएको छ। सबै भन्दा धेरै काठमाडौँको १२ ठाउँमा कोरोना देखिएको छ भने ललितपुर र भक्तपुरको क्रमश ९ र २ ठाउँमा कोरोना देखिएको छ।

कोरोना पुष्टि भएका काठमाडौंका ठाउँहरुमा चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वर छन्। यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा कोरोना संक्रमणको पुष्टि भएको छ।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१४:०५

भारतले एक करोडभन्दा बढीमा गर्यो कोरोना परीक्षण, संक्रमित संख्या ७ लाख १९ हजार !