साम्राज्ञीपछि अर्की महिलाले पनि लगाइन् भुवन केसीमाथि यस्तो आरोप ! [भिडियो सहित]

काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार गरेको आरोप लगाएपछि अभिनेता भुवन केसी अहिले विवादमा छन्। साम्राज्ञीले डेब्यू सिनेमा ‘ड्रिम्स’को सुटिङका समयमा केसीले आफूलाई गलत तरिकाले छोएको र त्यसपछि पनि आफूलाई पटक-पटक असहज महसुस गराएको आरोप लगाएका थिइन्।

साम्रगीको आरोप पछि अभिनेता भुवन केसीले उक्त आरोपको खण्डन गर्दै छानविनका लागि कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघमा निवेदन समेत दिएका छन्। साम्रगीका कारण आफ्नो अपमान भएको केसीको भनाई छ।

यसै बीच केसी माथि अर्को एक आरोप लागेको छ। उनी माथि एक महिलाले आफूलाई अभिनेता केसीबाट असहज महशुस भएको खुलासा गरेकी छन्। अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको क्यानडा बस्दै आएकी एक महिलाले बताएकी हुन्।

स्वेता रेग्मी नामकी महिलाले अभिनेता केसीबाट आफूले पनि असहज महशुस गरेको बताउँदै केसीसँगका च्याट समेत सार्वजनिक गरेकी छन्। रेग्मीले च्याटको स्क्रिन भिडियो सार्वजनिक गर्दै केसीले पठाएका मेसेजहरु आफूलाई आपत्तिजनक लागेको बताएकी छन्।

त्यस बारे उनले फेसबुकमा आएर थप प्रष्ट पनि पारेकी छन्। जसमा उनले साम्राज्ञीलाई प्रत्यक्ष नचिने पनि उनको भिडियो हेरेपछि आफूले पनि आफूसँग केसीले गरेको च्याट बारे बोलेको बताएकी छन्।

प्रकाशित : बुधबार, असार २४, २०७७०४:५०

बलिउडका यी कलाकारहरुलाई मिलेन कहिले पनि चोखो प्रेम, अन्त्यमा गरे मागी विवाह !