काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नाकाबन्दी लगाउने भारतभन्दा एकता बनाउने चीन नै ठीक रहेको बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्टपार्टी(नेकपा) भित्र चलिरहेको अन्तरिक विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको भन्दै विरोध भैरहेको बेला भट्टराईले यस्तो बताएका हुन्।
छिमेकी मुलुकका राजदूतहरुकाे कुरा सुन्दैमा केही नबिग्रिने उनको भनाई छ। सबैको छिमेकि कुरा सुन्न हुने र ठीक लाग्नेको मात्र मान्ने कुरा आफूमा निहित हुने उनी बताउँछन्।
नेकपा भित्र विवाद बढेपछि चिनियाँ राजदूत यान्छीले लगातार नेकपा नेताहरुलाई भेटिरहेकी छन्। यस विषयलाई लिएर विरोध समेत भएको छ। जसको काउन्टरमा भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन्।
यस बारे भट्टराईको टिप्पणी निम्न छ –
१. संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ?
२. पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक ?
३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?
४. पार्टी/ पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक ?
कुनै पनि बिदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ ।
कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो !

