‘उटपट्याङ कुरा गर्ने ब्राजिलका राष्ट्रपतिलाई कोरोना लागेछ, हाम्रा प्रधानमन्त्रीलाई थाहा भयो-भएन कुन्नि?’

फाइल तस्बिर

काठमाडौँ – ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ। सोमबार गरिएको चौथो पटकको परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै उनी विवादित बयान दिँदै आएका थिए। उनी कोरोनालाई ‘सामान्य फ्लू’को संज्ञा दिन पनि पछि परेका थिएनन्। केहि दिन अगाडी देशमा मास्क अनिवार्य गर्ने मागलाई पनि उनले नकारेका थिए। उनी मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी समेत हुने गरेका थिए। अहिले आएर भने उनले सार्वजनिक स्थान मास्क लगाउन अनिवार्य गरेका छन्।

यसरी कोरोनालाई सामान्य मानेर लापरवाही गर्ने राष्ट्रपतिलाई कोरोनाको पुष्टि भएपछि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले यो कुरा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाए होला की पाएनन् होला भनेर प्रश्न गरेका छन्। कोरोना सामान्य रुघाखोकी जस्तै हो हाँच्छ्यु गरेर उडाइदिनु पर्छ भन्ने ओली माथि लक्षित गर्दै थापाले यस्तो प्रश्न गरेका हुन्।

“ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।अहिले आफै संक्रमित भएछन्। जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला?”,थापाले फेसबुकमा लेखेका छन्।

प्रकाशित : बुधबार, असार २४, २०७७१४:१०

‘सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, कठिन क्षणमा न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्नुपर्छ’