बलिउडका यी कलाकारहरुलाई मिलेन कहिले पनि चोखो प्रेम, अन्त्यमा गरे मागी विवाह !

विवाहको निर्णयले एक व्यक्तिको जीवनमा धेरै असर पार्ने हुन्छ। कोहि प्रेम विवाह गर्ने गर्छन् त कोहि मागी विवाह। बलिउडका हस्तीहरुको विवाह साथै प्रेमले संचार माध्यमहरुमा राम्रै ठाउँ पाउने गर्छ। प्रेम मात्रै नभई बलिउड सेलिब्रिटीहरुको ब्रेकअपको समाचारले समेत राम्रै ठाउँ पाउने गर्छ। बलिउडमा यस्ता कलाकारहरु पनि छन्,जसले प्रेम विवाह भन्दा पनि मागी विवाह गर्न मन पराए। ति मध्य केहीको बारेमा आज हामी तपाईलाई जानकारी दिने छौं।

बलिउड अभिनेत्री करिश्मा कपूरलाई बलिउड अभिनेता अभिषेक बच्चनसँग गर्ने प्रस्ताव आएको थियो। तर केहि कारणले गर्दा विवाह हुन पाएन। त्यस पश्चात करिश्मा कपूरको अभिभावकहरुले संजय कूपरसँग विवाह गर्ने सहित जुराइदिएपछि मागी विवाह भएको हो। तर विभिन्न कारणले गर्दा यी दुई बीच सम्बन्ध बिच्छेद भैसकेको छ।


यस्तै शाहिद कपूरले पनि प्रेम विवाह नगरी मागी विवाह गरेका हुन्। शाहिदले दिल्ली निवासी मीरा राजपूतसँग मागी विवाह गरेका हुन्। अहिले यस जोडीको एक छोरि समेत भैसकेको छ।


‘साथिया’ चलचित्रबाट बलिउडमा पाइला टेकेका विवेक ओबरायले पनि २०१० सालमा प्रियंका अल्वासँग मागी विवाह गरेका हुन्।

बलिउडकी धेरै चर्चित नायिका माधुरी दीक्षितले पनि १९९९ मा एक भारत बाहिर बस्ने एनआरआईसँग विवाह गरेकी थिइन्। उक्त विवाह पनि मागी रहेको थियो।

गोविन्दाले पनि आफ्नो श्रीमती सुनितासँग मागी विवाह गरेका थिए। गोविन्दाको विवाहको लागि श्रीमती खोज्ने काम भने उनको आफ्नै आमाले गरेको बताइने गरिन्छ।

सन्नी देवलले पनि आफ्नो पिताले भने अनुसारनै विवाह गरेका थिए। धर्मेन्द्रले आफ्नो बुहारीको रुपमा धेरै मन पराउने गरेका पूजासँग सन्नीको मागी विवाह भएको थियो।

प्रकाशित : बुधबार, असार २४, २०७७१५:३३

पतिसँग छुटेपछि एक्लै सन्तान पाल्दै छन् यी ५ नायिका !