अनुहारको चाउरीपना हटाउन प्रयोग गर्नुहोस् चकुन्दर र एलोभेराको पेस्ट ! [तरिका सहित]

बढ्दो उमेरको प्रभाव छालामा देखा पर्छ। उमेर बढ्दै जाँदा त्यसको असर स्वोरुप छाला चाउरी पर्न लाग्छ । जुन रोक्न सकिदैन तर कम गर्न सकिन्छ। अनुहारमा देखा पर्ने चाउरीपना कम गर्न एलोभेरा र चकुन्दरबाट  बनेको सीरमको प्रयोग गर्न सकिन्छ। यो सीरम घरमा सजीलै बनाउन सकिन्छ। बजारमा एन्टी-एजिंग क्रीम वा सीरमको सट्टा, यो घर-निर्मित सीरम प्रयोग गर्न सकिन्छ।  कसरी घरमै बनाउन सकिन्छ त एलोभेरा र चुकन्दरको सीरम ?

सीरम तयार गर्ने तरिका 

सीरम बनाउनको लागि, पहिला चकुन्दर लिनुहोस्। त्यसपछि, चकुन्दरको बोक्रा ताछ्नुहोस् र यसलाई सानो-सानो टुक्रा बनाएर  काट्नुहोस्। त्यसपछि, तिनीहरूलाई  ग्राइन्डरमा राखेर पिस्नुहोस्। पिसेको चकुन्दरमा थोरै पानी मिलाउनुहोस्। १ चम्चा एलोभेरा जेल राख्नुहोस् । त्यसपछि यो पेस्ट फ्रिजमा राख्नुहोस्। चिसो भए पछि यो पेस्ट अनुहारमा लगाउनुहोस्।

प्रयोग गर्ने तरिका 

आफ्नो अनुहारमा कपासको मद्दतले सीरम लगाउनुहोस्। फेस प्याकको साथमा पनि  पनि यो पेस्ट प्रयोग गर्न सकिन्छ। हप्तामा २ पटक यो पेस्टको प्रयोग गर्नाले अनुहारमा चमक आउँछ।

फाइदा 

यो सीरममा एन्टी -एजिंग गुणहरू पाइन्छन्। जसले छालाको कोलेजन बढाउन मद्दत गर्छ। तपाईं आफ्नो अनुहारमा दैनिक यो सीरम प्रयोग गर्न सक्नुहुन्छ। यस सीरमको प्रयोगले अनुहारको चाउरीपना कम गर्न मद्दत गर्छ |

प्रकाशित : बिहिबार, असार २५, २०७७१२:०८

कुन समय दही खानु राम्रो ? दही बारे जान्नुहोस् सम्पूर्ण जानकारी !