श्रावण महिना भगवान शिवलाई धेरै प्रिय हुन्छ। यो महिनालाई हिन्दू धर्ममा सबैभन्दा पवित्र महिना मानिन्छ। यस महिनामा शिव भक्तहरूले सोमबार भगवान शिवलाई प्रसन्न पार्न व्रत बस्ने र पूजा-पाठ गर्ने गर्छन् । त्यस्तै, मानिस गंगाजल बोकेर सयौँ किलोमिटर पैदल यात्रा गर्छन् |
हिन्दू धर्ममा कैलाश पर्वतको पनि ठूलो महत्त्व रहेको छ। किनकि यो पहाड भगवान शिवको निवास स्थान मानिन्छ। कैलाश पर्वत सम्बन्धि सबैभन्दा आश्चर्यजनक कुरा भनेको संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा हजारौंले आरोहण गरिसकेका छन् , तर आजसम्म कोही पनि कैलाश पर्वतमा पुग्न सकेको छैन। जबकि कैलास पर्वतको उचाई सगरमाथा भन्दा २००० मिटर कम छ। अहिलेसम्म कोही पनि कैलाश पर्वतमा पुगेका छैनन् यो पहाडको बारेमा अझै पनि रहस्य नै रहेको छ।
कैलाश पर्वतमा अहिलेसम्म कोही पनि चढ्न नसक्नुको पछाडि धेरै कथाहरूका प्रचलित छन्। प्राय: मानिसहरु कैलाश पर्वत भगवान शिवको निवास स्थान भएको कारण कुनै पनि जीवित मानिस त्यहाँ पुग्न सक्दैन भन्ने विश्वास गर्छन्। विश्वासका अनुसार कहिले पाप नगरेका मानिस मात्र आफ्नो निधन पछि कैलाशमा पुग्न सक्छ। यो पनि विश्वास गरिन्छ कि कुनै पनि व्यक्ति कैलाश पर्वत थोरै चढ्ने बित्तिकै दिशाहीन हुन्छ। कुनै दिशा बिना आरोहणको अर्थ ज्यान फाल्नु हो, त्यसैले कोही पनि कैलाश पर्वतमा आजसम्म चढ्नन सकेको छैन।
वैज्ञानिकहरुका अनुसार यस पहाडको कोण (स्लोप) ६५ डिग्री भन्दा बढि छ। सगरमाथामाको कोण ४०-६० छ | जसले यो पर्वतको आरोहण गर्न अझ कठिन बनाउँछ। यो पनि एक कारण हुन सक्छ कि आरोहीहरू सगरमाथा आरोहण गर्न सफल हुन्छन् तर कैलाश पर्वत चढ्न सक्दैनन्।
कैलाश पर्वत चढ्ने अन्तिम प्रयास करिब १९ वर्ष पहिले २००१ मा गरिएको थियो। त्यतिबेला चीनले स्पेनको एक टोलीलाई कैलाश पर्वत चढ्न अनुमति दिएको थियो । यद्यपि कैलाश पर्वत चढ्न पूर्णतया प्रतिबन्ध लगाइएको थियो। किनकि भारत र तिब्बत लगायत विश्वभरका मानिसहरू यो पहाड पवित्र ठाउँ हो भन्ने विश्वास गर्छन् | त्यसैले, कसैलाई पनि कैलाश चढ्न दिनु हुँदैन भन्ने विश्वास राख्छन् |