काठमाडौँ – बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार एकै दिन प्रतितोला ९ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै महँगो मूल्य हो। यस अगाडी सुनको मूल्य सबै भन्दा धेरै ९१ हजार ७०० रुपैयाँसम्म पुगेको थियो। त्यसयता घटबढ हुँदै बिहिबार अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो।

यस्तै बिहिबार तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ६० रुपैंयामा कारोबार भएको थियो।

बिहिबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।.
![]()

